काठमाडौं। ५ नम्बर प्रदेश सभामा आज नेपाली कांग्रेसका सदस्यहरूले हङ्गामा नै मच्चाए। प्रदेशको राजधानी भालुवाङमा राख्ने प्रस्तावपछि रन्किएका कांग्रेस सदस्यहरूले प्रदेश सभामा मर्यादा नै नाघेर व्यवहार देखाए।
प्रदेश सभा बैठक चलिरहँदा होहल्ला गर्नेमात्र नभई कांग्रेस सदस्यहरू कुर्सी र टेबुल नै ताोडफोड गर्न थाले। कांग्रेस सदस्यहरूको विरोधका बाबजूद सभामूख पूर्णबहादुर घर्तीले बैठक नियमित नै चलाइरहेका थिए। सभामुख घर्तीले बैठकमा उठेका प्रश्नको जवाफ दिन भन्दै आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीलाई समय दिए।
तर कांग्रेसका सदस्यहरू झनै चिच्याउन चाले। हात माथि उठाउँदै चिच्याएर रोस्ट्रम अगाडि बढ्न थालेपछि मन्त्री कुलप्रसादको रिसको सीमै रहेन। अलमलमा परेका मर्यादापालकहरुलाई कपडा समातेर तान्दै मन्त्री केसीले भने, ''घिसारेर निकालिहाल्नुस्, बाहिर निकालिहाल्नुस्।''
कांग्रेस सदस्यहरूको व्यवहारबाट रुष्ट बनेका मन्त्री केसीले आज प्रदेश सभामा देखाइएको कांग्रेसको हर्कतबारे इतिहासले प्रश्न सोध्ने बताए। उनले संसदीय मर्यादा र परम्परा जोगाउन कांग्रेसलाई सुझाए पनि।
अर्को बैठक भोलि मध्यान्ह १२ बजेका लागि राखिएको छ।
" /> काठमाडौं। ५ नम्बर प्रदेश सभामा आज नेपाली कांग्रेसका सदस्यहरूले हङ्गामा नै मच्चाए। प्रदेशको राजधानी भालुवाङमा राख्ने प्रस्तावपछि रन्किएका कांग्रेस सदस्यहरूले प्रदेश सभामा मर्यादा नै नाघेर व्यवहार देखाए।प्रदेश सभा बैठक चलिरहँदा होहल्ला गर्नेमात्र नभई कांग्रेस सदस्यहरू कुर्सी र टेबुल नै ताोडफोड गर्न थाले। कांग्रेस सदस्यहरूको विरोधका बाबजूद सभामूख पूर्णबहादुर घर्तीले बैठक नियमित नै चलाइरहेका थिए। सभामुख घर्तीले बैठकमा उठेका प्रश्नको जवाफ दिन भन्दै आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीलाई समय दिए।

">