काठमाडौँ। नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेपाली कांग्रेस सत्तासाझेदार दलजस्तो भूमिकामा भएको बताएका छन्।
आज देखापढीसँग कुरा गर्दै नेता केसीले भने, “कांग्रेस नेकपा नेतृत्वको सरकारको प्रतिपक्षी दल भएन। बरु सत्ता साझेदारकै शैलीमा सभापति प्रधानमन्त्रीसँग मिलिरहेको देखिन्छ।” संसदमा समेत पार्टीको ह्वीपका कारण सांसदहरूलाई पार्टी नेतृत्वले भूमिकाविहीन बनाएको नेता केसीको आरोप छ।
कांग्रेस नेतृत्व निरंकुश शैलीमा अघि बढेकै कारण अहिले कांगेस इतिहासकै कमजोर बनेको उनी बताउँछन्।
गत १३ औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवाको सबैभन्दा नजिकको पात्र भएको दाबी गर्ने नेता केसीले देउवामाथि आफूलाई पटकपटक धोका दिएको आरोप लगाएका छन्। “म देउवा जिताउन लागेँ, देउवा त्यहीबेला मलाइ हराउन लागेका थिए,” उनले भने, “म जानकार थिएँ, तर म बोलेको भए हाम्रो समाजले हरुवा बोल्यो भन्थे। त्यस कारण म चुप लागेँ।”
उनले आफू रामशरण महत, कृष्ण सिटौला र रामचन्द्र पौडेलका समूह सँगै भएको बताए। आफूलाई १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बताउँदै आएका नेता केसीले भने, “अब देउवाजस्ता व्यक्तिले पार्टी हाँक्न सक्दैन। हाम्रो निष्कर्ष यही हो। त्यस कारण सभापति जो भए पनि हामी अन्ततः सहमतिमा आउँछौँ।”
वर्तमान सरकारले लोकतन्त्र नै सङ्कटमा पारेको भन्दै कांग्रेस नेता केसीले ओली नेतृत्वको सरक काण्डै–काण्डमा मुछिएको र त्यसमा देउवाले मौन बसेर साथ दिएको आरोप लगाएका छन्। उनले भने, “हाम्रो पार्टी नेतृत्व संवैधानिक आयोगका एक–दुई पदमा लोभिएर सरकारको विरोध गर्न नसक्ने भएको छ।” यस्तो अवस्थामा कांग्रेस पुगेको अब नसहने कुरा उनले जनाए।
पार्टी नेतृत्वलाई विधानअनुसार चल्न सरल शैलीमा धेरै आग्रह गर्दा पनि आफुहरूलाई नटेरेको नेता केसी बताउँछन्। उनको दाबी छ, कांग्रेसभित्रै अब ठूलो संघर्ष हुनसक्ने सम्भावना बलियो हुँदै गएको छ।
“पार्टी बैठकमा देउवाजीले कुरा राख्नुहुन्छ, हामी पनि राख्छौँ,” उनले भने, “कुरा नमिले सङ्घर्षको बाटोमा हामी जान्छौँ।” उनले थपे, “म सहमति, सहकार्य र एकतामा विश्वास गर्ने मानिस हुँ। त्यस कारण कांग्रेसले आफ्नै नेताविरुद्ध जाने कुनै हद बाँकी नराख्नुपर्ने बेला नआओस् भन्ने कामना गरिरहेका छु।”
देउवाको कार्यशैलीप्रति असन्तुष्ट रहँदै आएका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित पदाधिकारी र केन्द्रीय सदस्यहरूले देउवाले विधानविपरीत गरेका कामबारे हस्ताक्षर अभियान चलाएको उनी बताउँछन्। पार्टीलाई विधानसम्मत सञ्चालन गरी १४ औं महाधिवेशन स्वच्छ, निष्पक्ष गर्ने वातावरण सिर्जना नगरे नेतृत्वका नराम्रा दिन आउनसक्ने उनी बताउँछन्।
सभापति बनेको चार वर्षपछि देउवाले २० भन्दा बढी विभाग गठन गरेका छन्। महाधिवेशन भएको छ महिनाभित्र गठन गर्नुपर्ने विभाग देउवाले नियमित चार वर्षे कार्यकाल सकेर थपिएको समयमा गठन गरेदेखि कांग्रेसभित्रको विवाद बढ्दै गएको छ।
" /> काठमाडौँ। नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेपाली कांग्रेस सत्तासाझेदार दलजस्तो भूमिकामा भएको बताएका छन्।आज देखापढीसँग कुरा गर्दै नेता केसीले भने, “कांग्रेस नेकपा नेतृत्वको सरकारको प्रतिपक्षी दल भएन। बरु सत्ता साझेदारकै शैलीमा सभापति प्रधानमन्त्रीसँग मिलिरहेको देखिन्छ।” संसदमा समेत पार्टीको ह्वीपका कारण सांसदहरूलाई पार्टी नेतृत्वले भूमिकाविहीन बनाएको नेता केसीको आरोप छ।

">