काठमाडौं। आँधिखोला जलाशययुक्त जलविद्युत प्रस्तावित आयोजनाको विषयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले ऊर्जामन्त्री वर्षमान पुनसँग छलफल गरेकी छिन्।
मन्त्री अर्यालको गृहजिल्ला स्याङ्जाबाट आएका स्थानीय तहका प्रमुखहरू, सरोकारवाला सम्मिलित डेलिगेशन टोलीसँगै आँधीखोला जलविद्युत आयोजनाको सम्भावना र हालसम्म भएका प्रगतिका बारेमा आज ऊर्जा मन्त्रालयमा छलफल भएको हो।
ऊर्जामन्त्रीसमक्ष अर्यालले आयोजनाको लागि प्राविधक सम्भाव्यता अध्ययन गर्न आग्रह गरिन्। उनले भनिन्, 'यो आयोजनामा अगाडी बढ्न सकिने हो भन्ने हो भने, अगाडी बढ्नुपर्छ । हामीले योजना बनाएर जाउ भन्ने हो भने लगानीको कुरा दोस्रो कुरा हो । अहिले प्राविधिक रूपमा तपाईंहरू के भन्नुहुन्छ ? हामीले बुझ्न खोजेको कुरा यति हो ?’
जवाफमा ऊर्जामन्त्री पुनले आयोजनाको अध्ययनमा नै धेरै समय लागेको र अहिलेसम्म प्रतिवेदन प्राप्त हुन नसकेको बताए।
अध्ययन पूरा भएपश्चात् सरकारले आयोजनालाई निजी क्षेत्रमा दिएर व्यवसायिक बनाउनुपर्ने भएमा नीजि क्षेत्रलाई आह्वान गर्ने उनले आश्वासन दिए।
नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालाले प्राधिकरणले लामो समयदेखि अध्ययन गरेको आधिखोला जलविद्युत आयोजना अहिलेको कन्सेप्टमा १८० मेगावाट देखिएको बताए। आयोजना अध्ययनकै क्रममा रहेको भन्दै आयोजनाहरू र्याङकिङ गर्ने क्रममा केही पछि परेको कोइरालाले बताए।
" /> काठमाडौं। आँधिखोला जलाशययुक्त जलविद्युत प्रस्तावित आयोजनाको विषयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले ऊर्जामन्त्री वर्षमान पुनसँग छलफल गरेकी छिन्।मन्त्री अर्यालको गृहजिल्ला स्याङ्जाबाट आएका स्थानीय तहका प्रमुखहरू, सरोकारवाला सम्मिलित डेलिगेशन टोलीसँगै आँधीखोला जलविद्युत आयोजनाको सम्भावना र हालसम्म भएका प्रगतिका बारेमा आज ऊर्जा मन्त्रालयमा छलफल भएको हो।

">