काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पार्टी एकता जोगाउन चुनाह चिन्हमा सम्झौता गर्नुपरेको बताएका छन्।
एकतापछि चुनाव चिन्हमा विवाद हुँदै आएको राप्रपामा हलो चुनाव चिन्ह राख्ने सैद्धान्तिक सहमति जुटेको छ। चुनाव चिन्ह परिवर्तनको सहमतिपछि आज बिहान ट्वीट गर्दै अध्यक्ष थापाले हिन्दु राष्ट्रको अजेण्डा बोकेको राप्रपाको लागि गाई नै उपयुक्त हुने बताएका छन्।
हलो साविकको राप्रपा संयुक्तको चुनाव चिन्ह थियो।
"हिन्दुराष्ट्रको अजेण्डा बोकेको राप्रपाको निम्ति 'गाई' उपयुक्त चुनावचिन्ह हो।तर,पार्टी एकता जोगाउन सम्झौता अनिवार्य भयो", राप्रपालाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने अभियानमा लाग्न आव्हान गर्दै थापाले लेखेका छन्, "परिस्थितिजन्य यो वाध्यतालाई सहजरुपमा लिइदिन पार्टीका साथी/शुभचिन्तकहरूमा अपिल गर्दछु।"
" /> काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पार्टी एकता जोगाउन चुनाह चिन्हमा सम्झौता गर्नुपरेको बताएका छन्।एकतापछि चुनाव चिन्हमा विवाद हुँदै आएको राप्रपामा हलो चुनाव चिन्ह राख्ने सैद्धान्तिक सहमति जुटेको छ। चुनाव चिन्ह परिवर्तनको सहमतिपछि आज बिहान ट्वीट गर्दै अध्यक्ष थापाले हिन्दु राष्ट्रको अजेण्डा बोकेको राप्रपाको लागि गाई नै उपयुक्त हुने बताएका छन्।

">