राजदूत ढकाल र ओमानका व्यापार, उद्योग तथा लगानी प्रवर्द्धन मन्त्रीबीच शिष्टाचार भेट
काठमाडौं। ओमानका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकालले ओमानका व्यापार, उद्योग तथा लगानी प्रवर्द्धन मन्त्री काइस मोहम्मद अल युसुफसँग कार्यकक्षमा शिष्टाचार भेट गरेकी छन्।

भेटका अवसरमा राजदूत ढकालले व्यापार, उद्योग तथा लगानी प्रवर्द्धन मन्त्रीको रुपमा नियुक्त भएकोमा मन्त्री अल युसुफलाई बधाई दिएकी छन्।

राजदूत ढकालले मन्त्री अल युसुफलाई नेपालको वर्तमान स्थिर राजनीति, चलायमान अर्थतन्त्र तथा सुमधुर सामाजिक परिवेशका बारेमा जानकारी गराएकी थिइन्।

र, नेपालमा वैदेशिक लगानीको उचित वातावरण सृजना भएकोले नेपालका जलविद्युत, भौतिक पूर्वाधार, कृषि, उद्योग एवं पर्यटन् जस्ता आकर्षित क्षेत्रहरूमा ओमानले लागानी गर्न सक्ने राम्रो अवसर रहेको बताउँदै लगानीका लागि विशेष अनुरोधसमेत गरेकी छिन्।

मन्त्री अल युसुफले नेपालको जलविद्युत तथा कृषि क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताउँदे नेपालका कृषि क्षेत्रका उत्पादनहरूलाई ओमानको बजारमा विशेष प्राथमिकता दिने बताएका छन्।

उनीहरूको भेटको क्रममा नेपाल र ओमानबीच व्यापार, वाणिज्य तथा लगानी  प्रवर्द्धनका लागि आवश्यक रणनीतिहरूका सम्बन्धमा पनि छलफल भएको थियो।

उक्त छलफलमा ओमानका व्यापार, उद्योग तथा लगानी प्रवर्द्धन मन्त्रालयका सचिव श्री असिलाह विन्ट सलिम अल स्याम्समी पनि सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्