युवराज खतिवडा बाहिरिएपछि दुई मन्त्रालय रिक्त हुने, मन्त्रीमण्डल विस्तार हुँदै
काठमाडाैं। केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदबाट युवराज खतिवडाले राजीनामा दिए लगत्तै दुई वटा मन्त्रालय खाली भएका छन्।

प्रधानमन्त्री ओलीलाई मन्त्रिपरिषद बैठकमा खतिवडाले आफ्नो पदीय जिम्मेवारीको राजीनामा बुझाएपछि अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय खाली भएका हुन्।

मन्त्री खतिवडाको रिक्त रहेको स्थानमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय लिएपछि उनी स्वतः बिदा हुन लागेका हुन्। उनलाई यथावत राख्न अर्का सदस्य रामनारायण बिडारीलाई राजीनामा दिन लगाउने चर्चा चले पनि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने त्यो हल्ला मात्रै भएको प्रतिक्रिया दिए।

"पार्टीले बामदेवजीलाई राष्ट्रियसभा सदस्य बनाउने भनेको छ, अरुलाई फिर्ता ल्याउने भनेर कुनै निर्णय लिएको छैन" प्रवक्ता श्रेष्ठले सचिवालय बैठकपछि जानकारी दिएका थिए।

मन्त्रिपरिषदले एक महिलासहित कम्तिमा ३ जनालाई राष्ट्रियसभा सदस्य मनोनित गर्नका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने अधिकार संविधानले दिएको छ। सोही अधिकार प्रयोग गर्दै प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने जानकारी बिहीबारको सचिवालय बैठकमा गराईसकेका छन्।

राष्ट्रियसभामा गत फागुन २० गतेदेखि एक पद रिक्त हुँदै आएको छ।

उता, नेपालको संविधानले संघीय संसदको सदस्य नभएका व्यक्तिलाई ६ महिनासम्म मात्रै मन्त्री हुन सक्ने र पुन: मन्त्रीमा निरन्तरता दिनु परेमा संघीय संसद बनाउनु पर्ने प्रावधान राखेको छ। यस अघि राष्ट्रियसभा सदस्यमा नियुक्त भएपनि गोलाप्रथामा २ वर्षे कार्यकालको चिट्टा तानेका कारण खतिवडाको म्याद गत फागुन २० गते समाप्त हुन पुगेको थियो। तर, म्याद समाप्त भए पनि उनी भोलिसम्म अर्थात भदौ २० सम्म भने बहाल रहन सक्नेछन्।

अर्थ मन्त्रालयमात्रै सम्हाल्दै आएका खतिवडाले यसअघि विवादमा परेका तत्कालिन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएपछि सो पदसमेत सम्हाल्दै आएका थिए।

बाँस्कोटाले सम्हाल्दै आएको सहरी विकास मन्त्रालय खतिवडाले सम्हाले पनि पछि मन्त्री भएका भौतिक योजना मन्त्री बसन्त नेम्वाङलाई सम्हाल्ने गरी जिम्मेवारी तोकिएको थियो।

ओलीको दोस्रो कार्यकालमा तीन/तीन वटा मन्त्रालय सम्हाल्ने सौभाग्य पाएका एक मात्र मन्ती खतिवडा संवैधानिक बाध्यताका कारण औपचारिक रूपमा भोलिबाट बिदा हुँदैछन्।

उनको बिदाईसँगै रिक्त रहेका दुई मन्त्रालयका लागि प्रधानमन्त्री ओलीले आफनो मन्त्रीपरिषद पनि विस्तार गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्