काठमाडौं। नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशन कोरोना भरोसामा परेको छ।
विश्वभर महामारीको रूप लिएको कोरोना संक्रमण न्यूनीकरण भएको अवस्थामा मात्रै निर्धारित मितिमा महाधिवेशन हुने भएको छ।
महाधिवेशनको मिति आगामी फागुनको ७ देखि १० गतेसम्मलाई तोकिएको छ। संक्रमण फैलिइरहेको स्थितिमा उक्त मितिमा महाधिवेशन नहुने देखिन्छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवेशनबारे आगामी केन्द्रीय कार्यसमिति बैठकले टुङ्ग्याउने बताए। तर, बैठक कहिले बस्छ भन्ने भने उनले खुलाएनन्।
“निर्धारित मितिमै महाधिवेशन गर्नेमै हामी केन्द्रित चाहिँ छौं, आशा गरौं, कोरोना महामारी न्यूनीकरण होला,” उनले देखापढीसँग भने।
कांग्रेस वृत्तमा फागुनमा महाधिवेशन गर्न नसकिने निर्क्याेल छ। किनभने महाधिवेशनपूर्वका पार्टीका थुप्रै निर्धारित कार्यक्रमहरू प्रभावित बनेका छन्।
यसले गर्दा हतार-हतार गर्दा पनि महाधिवेशन निर्धारित मितिमा नहुने देखिन्छ।
“फागुनमा महाधिवेशन हुने स्थिति छैन, अब अर्काे भदौतिर हुन्छ,” स्रोतले भन्यो, “कोरोना त तपाईं हाम्रो वशमा छैन, अझ फैलिएला कि न्यूनीकरण होला भन्ने पत्तो छैन। न्यूनीकरण भयो भने चाहिँ फागुनमै पनि हुन सक्छ।”
कांग्रेसले भदौ २४ गते बीपी जन्मजयन्ती मनाउँदै छ। त्यसपछि केन्द्रीय कार्यसमिति बैठक आह्वान गर्ने कांग्रेसको तयारी छ।
स्रोतले जनाएअनुसार उक्त बैठकले आगामी फागुनमा महाधिवेशन गर्ने कि नगर्ने टुङ्गो गर्नेछ। यदि नगर्ने भए महाधिवेशनको अर्को मिति बैठकले तोक्ने छ।
राजनीतिक दलसम्बन्धी ऐनअनुसार राजनीतिक दलहरूले पदावधि सकिनुपूर्व महाधिवेशन गर्नुपर्ने हुन्छ। विशेष परिस्थितिका कारण महाधिवेशन गर्न नसकिएको भए विधानतः थप गर्न मिल्ने अवधिसम्ममा थप गरेर महाधिवेशन गर्नुपर्ने हुन्छ।
फेरि, विधानतः थपिएको समयमा पनि महाधिवेशन गर्न नसकिए संवैधानिक व्यवस्था अनुसार ६ महीनाभित्र महाधिवेशन गर्नुपर्दछ। जुन राजनीतिक दलहरूलाई बाध्यता हो। नभए दल संकटमा पर्न जान्छ।
यसले गर्दा नेपाली कांग्रेस संवैधानिक व्यवस्थाअनुसार प्राप्त ६ महिने सुविधा प्रयोग गर्नेतर्फ केन्द्रित भएको देखिन्छ।
वर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको कार्य समिति २०७२ फागुन २० गते भएको १३औं महाधिवेशनदेखि निर्वाचित भएको हो। यसले गर्दा देउवा नेतृत्वको समितिको पदावधि गत वर्षको फागुनमै सकिएको हो।
पदावधि सकिए पनि महाधिवेशन गर्न नसकेपछि पार्टी विधानमा भएको ‘विशेष परिस्थिति’ को सुविधा प्रयोग गर्दै एक वर्षपछि महाधिवेशन गर्ने मिति तय गरेको हो।
जुन आगामी फागुन ७ गतेदेखि १० गतेसम्म हुने भनिएको छ। तर, कोरोना महामारीले प्रभावित हुने निश्चित भएको छ।
कांग्रेस केन्दीय सदस्य मीन विश्वकर्माले महाधिवेशन सार्ने विषयमा अनौपचारिकरूपमा कुरा भइरहेको बताए। उनले पनि कोरोना महामारी नियन्त्रणतिर गयो भने फागुनमै र नहुने भए भदौतिर जाने लगभग निश्चित भएको बताए।
“स्थानीय निर्वाचन आउँदैछ, त्यसलाई पनि महाधिवेशन जति ढिलो भयो केही न केही असर गर्न सक्छ”, केन्द्रीय सदस्य विश्वकर्माले भने, “त्यसले गर्दा निर्धारित मितिमै महाधिवेशन गरौं भन्नेमा चाहिँ पार्टी नेतृत्वदेखि सिंगो कांग्रेसजन छौं।”
यद्यपि पार्टी महाधिवेशनपूर्वका कार्यक्रमहरू कोरोना संक्रमणको महामारीका कारण लथालिङ्ग अवस्थामा छन्।
असार २२ गतेको केन्द्रीय कार्यसमिति बैठकले हेरफेर गरिएको कार्यतालिकाअनुसार कार्य सम्पादन हुन सकेको छैन। समितिले साउन मसान्तसम्ममा नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरण गरिसक्ने गरी निर्णय गरेको थियो।
तर, पार्टीको क्रियाशील सदस्यता र नवीकरणको फाराम नै प्रदेश नम्बर-२ को आठ जिल्लामा पुगेको छैन। सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मुस्ताङलगायत जिल्लामा पनि पुगेको छैन।
६४ जिल्लामा भने यसअघि नै पुगेको छ। केही जिल्लाको वडा तहमा वितरण सकिएको छ। नवीकरणको काम पनि भएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।
कांग्रेसले पहिलो चरणमा फागुन २५ गतेदेखि नयाँ सदस्यता वितरण र नवीकरणको काम थालेको थियो। वितरण र नवीकरण थालेको १५ दिन पूरा हुँदा सरकारले बन्दाबन्दी घोषणा गरेको थियो। जसले गर्दा कांग्रेसले वितरण र नवीकरणको कामलाई स्थगन गरेको थियो।
फेरि प्रदेश नम्बर-२ का जिल्लाहरूमा पार्टी समायोजनको काम सकिएको छैन। पार्टीको केन्द्रीय निर्वाचन समिति बैठक पनि बस्न सकेको छैन।
" /> काठमाडौं। नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशन कोरोना भरोसामा परेको छ।विश्वभर महामारीको रूप लिएको कोरोना संक्रमण न्यूनीकरण भएको अवस्थामा मात्रै निर्धारित मितिमा महाधिवेशन हुने भएको छ।

">