काठमाडौं। प्रदेश २ को कुनै जिल्लामा नेपाली कांग्रेसको नयाँ क्रियाशील सदस्यता पुगेको छैन। हेरफेर गरिएको कार्यतालिका अनुसार साउन मसान्तसम्ममा नयाँ क्रियाशील सदस्यता वितरण गरिसक्ने भनिएको थियो।
तर, भदौको १३ गतेसम्म पनि क्रियाशील सदस्यता नपुगेको पाइएको छ। प्रदेश २ मा सप्तरी, सिरहा, सर्लाही, रौतहट, धनुषा, बारा, पर्सा र महोत्तरी जिल्ला पर्दछ।
ती जिल्लाहरूमा कोभिडका कारण क्रियाशील सदस्यता नवीकरणको फारम पनि पुर्याउन नसकिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।
“कोरोना संक्रमण अन्यन्त्रभन्दा प्रदेश-२ मा शुरूदेखि फैलिँदा क्रियाशील सदस्यता वितरण र नवीकरणको फारम पठाउन पाएनौं”, केन्द्रीय कार्यालयका मूख्यसचिव कृष्णप्रसाद पौडेलले देखापढीसँग भने, “कोभिडको प्रभाव कहिलेदेखि न्यून हुने भन्ने फेरि यकिन छैन।”
ती जिल्लाहरूमा पार्टी समायोजनको काम पनि टुङ्ग्याउन बाँकी छ। कांग्रेससँग विजयकुमार गज्छादार अध्यक्ष रहेको तत्कालीन नेपाल लोकतान्त्रिक फोरम एकता प्रक्रियामा आएपछि पार्टी समायोजन गर्नुपर्ने भएको हो।
यस्तै, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, मुस्ताङसहितका पाँच पहाडी तथा हिमाली जिल्लामा पनि नयाँ क्रियाशील सदस्यता र नवीकरणको फारम पठाउन सकेको छैन।
दुई पार्टीबीच २०७४ असोज ३० गते पार्टी एकीकरण भएको हो। एकीकरण भएको तीन वर्ष हुन लागेको छ। यद्यपी, पार्टी समायोजनको काम भइसकेको छैन। पार्टी महाधिवेशन पहिले वडा, पालिका, प्रदेश निर्वाचन क्षेत्र र सङ्घीय निर्वाचन क्षेत्र हुँदै जिल्ला तहसम्म समायोजन गर्नुपर्ने कांग्रेसलाई बाध्यता छ।
असार २२ गते बसेको केन्द्रीय कार्य समिति बैठकले महाधिवेशनपूर्वको कार्यतालिका हेरफेर गर्ने क्रममा पार्टी समायोजनको काम साउन मसान्तभित्रै सम्पन्न गर्ने भनिएको थियो।
मूख्यसचिव पौडेलले निर्वाचन समितिको बैठक बस्न नसक्दा कतिपय जिल्लामा पार्टी समायोजनको काम नटुङ्गिएको बताए।
“पार्टी समायोजनको काम चाहिँ लगभग सकिएकै छ, कोभिडको कारणले निर्वाचन समितिको बैठक बस्न सकेको छैन र बस्न सकेको भए प्रमाणिकरण गरेर टुंग्याइ सक्थ्यो”, उनले भने, “बैठक बसेर समायोजन प्रक्रिया नटुङ्ग्याउँदा महाधिवेशनको निर्धारित कार्यतालिका चाहिँ पोष्टपोन्ड हुँदै गएको छ।”
महामारीकै कारण नयाँ क्रियाशील सदस्यता वितरण, नवीकरण र पार्टी समायोजन नसकिएपछि महाधिवेशनपूर्वका गतिविधिहरू प्रभावित भएका छन्।
कांग्रेसले पहिलो चरणमा फागुनको २५ गतेदेखि क्रियाशील सदस्यता वितरण र नवीकरणको काम शुरूआत गरेको थियो। कार्यतालिका अुनसार चैत मसान्तसम्ममा वितरण गरिसक्नुपर्थ्यो।
फेरि कोरोना संक्रमणको महामारी झन फैलिएपछि स्थानीय प्रशासनहरूले धमाधम कतै बन्दाबन्दी त कतै निषेधाज्ञा नै लागू गरिरहेका छन्। जसले गर्दा महाधिवेशनको तयारी स्वरूप गर्नुपर्ने कार्यक्रमहरू सञ्चालन हुन पाएको छैन। त्यसैले आसन्न महाधिवेशन प्रभावित हुने देखिएको छ।
वितरण र नवीकरण थालेको १५ दिन नपुग्दै बन्दाबन्दी लागू भयो। बन्दाबन्दीसँगै पार्टीको घोषित महाधिवेशन केन्द्रित सम्पूर्ण कार्यक्रमहरू स्थगित गरियो। बन्दाबन्दी केही खुकुलो भएसँगै साउनको पहिलो सातापछि महाधिवेशन केन्द्रित कार्यक्रमले निरन्तरता पायो।
यद्यपी, फेरि कोरोना संक्रमणको महामारी झन फैलिएपछि स्थानीय प्रशासनहरूले धमाधम कतै बन्दाबन्दी त कतै निषेधाज्ञा नै लागू गरिरहेका छन्।
जसले गर्दा महाधिवेशनको तयारी स्वरूप गर्नुपर्ने कार्यक्रमहरू सञ्चालन हुन पाएको छैन। त्यसैले आसन्न महाधिवेशन प्रभावित हुने देखिएको छ। आगामी फागुन ७ देदि १० गतेसम्म कांग्रेसको १४ औं महाधिवेशनको मिति तय भएको छ।

६४ जिल्लामा भने यसअघि नै पुगेको छ। अधिकांस जिल्लाले वडा-वडामा वितरण सकेका छन्। फेरि, दोस्रो चरणमा नयाँ क्रियाशील सदस्यता वितरणको क्रममा रहँदा युवाको आकर्षण बढेको कांग्रेसले जनाएको छ।
जसका कारण साउन २२ गते बसेको कांग्रेसको पदाधिकारी, पूर्वपदाधिकारी र पार्टीका शीर्षस्थ नेताहरू सम्मिलित बैठकले नयाँ क्रियाशील सदस्यता १०० प्रतिशत थप्ने निर्णय गरिसकेको छ।
१३ औं महाधिवेशनको बेला कांग्रेसको करिब पाँच लाखको सङ्ख्यामा क्रियाशील सदस्यता थियो। १४ औं महाधिवेशनलाई लक्षित गरेर करिब पाँच लाखकै पाँच लाखकै नयाँ क्रियाशील सदस्यता वितरण गर्ने लक्ष्य छ।
उक्त बैठकको निर्णयलाई भने पार्टीको केन्द्रीय समिति बैठकले अनुमोदन गर्न बाँकी छ। यसले गर्दा पनि कांग्रेसले वितरण गर्ने नयाँ क्रियाशील सदस्यता र नवीकरणमा ढिलाइ भएको जनाएको छ।
" /> काठमाडौं। प्रदेश २ को कुनै जिल्लामा नेपाली कांग्रेसको नयाँ क्रियाशील सदस्यता पुगेको छैन। हेरफेर गरिएको कार्यतालिका अनुसार साउन मसान्तसम्ममा नयाँ क्रियाशील सदस्यता वितरण गरिसक्ने भनिएको थियो।तर, भदौको १३ गतेसम्म पनि क्रियाशील सदस्यता नपुगेको पाइएको छ। प्रदेश २ मा सप्तरी, सिरहा, सर्लाही, रौतहट, धनुषा, बारा, पर्सा र महोत्तरी जिल्ला पर्दछ।

">