काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटघाट भएको छ।
बालुवाटारमा हिजो साँझ भएको भेटमा सिन्धुपाल्चोकमा बाढीपहिरोबाट विस्थापितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी स्थायी आवास निर्माण गर्नेबारे छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।
सभामुख सापकोटाले सिन्धुपाल्चोकमा प्राकृतिक विपत्तिका कारण भएको मानवीय र भौतिक क्षति एवम् अस्थायी बसोबासको प्रबन्धबारे प्रधानमन्त्रीलाई जानकारी गराएका छन्।
सापकोटाले जोखिममा परेका बस्तीको भौगर्भिक अध्ययन गर्न टोली पठाउने, विस्थापितको स्थानान्तरणसहित स्थायी बसोबासका लागि एकीकृत ढाँचा बनाउने, अरनिको राजमार्ग व्यवस्थित गर्ने र जुरे पहिरो पीडितका लागि जनस्तरबाट सङ्कलित  रकम निकासालगायत विषय उल्लेख गरेका छन्।
जवाफमा प्रधानमन्त्री ओलीले सिन्धुपाल्चोकमा परेको विपत्ति र जनधनको क्षतिका विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आवश्‍यक प्रबन्धका लागि संयन्त्र परिचालन गर्ने बताएका छन्।
गत ३० साउनमा लिदी पहिरोबाट विस्थापित तथा जोखिममा रहेका घरपरिवारलाई जुगल गाउँपालिका-१ बाँसखर्कमा अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ ।
सिन्धुपाल्चोकको लिदी, जम्बु, मेलम्ची, फुल्पिङलगायत स्थानमा बाढी  र पहिरामा परी यस वर्ष मात्रै ५६ जनाको मृत्यु भएको छ। २६ जना अझै बेपत्ता भएको प्रहरीले जनाएको छ।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटघाट भएको छ।
"> सिन्धुपाल्चोकका पहिरोपीडितलाई स्थानान्तरणका लागि प्रधानमन्त्री र सभामुखबीच छलफल: Dekhapadhi
सिन्धुपाल्चोकका पहिरोपीडितलाई स्थानान्तरणका लागि प्रधानमन्त्री र सभामुखबीच छलफल
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटघाट भएको छ।
बालुवाटारमा हिजो साँझ भएको भेटमा सिन्धुपाल्चोकमा बाढीपहिरोबाट विस्थापितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी स्थायी आवास निर्माण गर्नेबारे छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।
सभामुख सापकोटाले सिन्धुपाल्चोकमा प्राकृतिक विपत्तिका कारण भएको मानवीय र भौतिक क्षति एवम् अस्थायी बसोबासको प्रबन्धबारे प्रधानमन्त्रीलाई जानकारी गराएका छन्।
सापकोटाले जोखिममा परेका बस्तीको भौगर्भिक अध्ययन गर्न टोली पठाउने, विस्थापितको स्थानान्तरणसहित स्थायी बसोबासका लागि एकीकृत ढाँचा बनाउने, अरनिको राजमार्ग व्यवस्थित गर्ने र जुरे पहिरो पीडितका लागि जनस्तरबाट सङ्कलित  रकम निकासालगायत विषय उल्लेख गरेका छन्।
गत ३० साउनमा लिदी पहिरोबाट विस्थापित तथा जोखिममा रहेका घरपरिवारलाई जुगल गाउँपालिका-१ बाँसखर्कमा अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ ।
सिन्धुपाल्चोकको लिदी, जम्बु, मेलम्ची, फुल्पिङलगायत स्थानमा बाढी  र पहिरामा परी यस वर्ष मात्रै ५६ जनाको मृत्यु भएको छ। २६ जना अझै बेपत्ता भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्