काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री डा. युवराज खतिवडाका विषयमा केही दिनमा निर्णय हुने बताएका छन्।
एक टेलिभिजनलाई दिएको अन्तर्वार्ताका क्रममा प्रधानमन्त्री ओलीले यस्ताे बताएका हुन्।
प्रस्ताेताले अर्थमन्त्रीकाे विषयमा कहिले निर्णय हुन्छ भन्ने प्रश्नमा ओलीले भने, “दुई/चार दिनमा निर्णय हुन्छ। २० गते आउँदैछ। पर्खिनुहोस् न।”
अर्थमन्त्री खतिवडासँगै अन्य मन्त्रीहरूले पनि राम्रो काम गरेको प्रधानमन्त्री ओलीको भनाइ छ।
मन्त्री फेरबदल प्रधानमन्त्रीको स्वविकेकीय अधिकार भएको उनले बताए। आवश्यकताअनुसार मन्त्रीहरू फेरबदल पनि हुन सक्ने प्रधानमन्त्री ओलीले बताए।
अर्थमन्त्री खतिवडाकाे ६ महिने कार्यकाल भदाै २० मा सकिँदैछ। राष्ट्रिय सभा सदस्य समाप्त भएपछि खतिवडाले २०७६ फागुन २० गते राजीनामा दिएका थिए।
सांसद नरही ६ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक प्रावधानअनुसार उनको पुनर्नियुक्ति भएकाे थियाे।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री डा. युवराज खतिवडाका विषयमा केही दिनमा निर्णय हुने बताएका छन्।एक टेलिभिजनलाई दिएको अन्तर्वार्ताका क्रममा प्रधानमन्त्री ओलीले यस्ताे बताएका हुन्।

">