काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र सरकार सञ्चालनमा कुनै समस्या नरहेको बताएका छन्।
एक टेलिभिजनसँगकाे अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको गतिविधि सञ्चालन गर्ने र आफूले सरकार चलाउने बताएका हुन्।
“हामीबीच कुनै पनि मनमुटाव छैन। पार्टी र सरकार सञ्चालनका क्रममा हामी दुवैबीच छलफल सरसल्लाह भइरहन्छ,” प्रधानमन्त्री ओलीले भने।
पार्टीले सरकारलाई नीतिगत निर्देशन दिन सक्ने तर, सरकार नै सञ्चालन गर्न नसक्ने उनको भनाइ छ।
“अहिले बुझाइमा अलि कमी आएको देखिन्छ। पार्टीले नीतिगत निर्देशन दिन सक्छ। सरकार सञ्चालन गर्न त प्रधानमन्त्री हुन्छ, मन्त्रीहरू हुन्छन्,” उनले भने, “पार्टीले नै सरकार चलाउने हो भने किन मन्त्रिपरिषद् चाहियो, किन प्रधानमन्त्री चाहियो ? यो कुरामा सबै प्रष्ट हुनुपर्छ।”
अध्यक्ष प्रचण्ड र आफूबीच केही समय सामान्य मनमुटावबाहेक कुनै समस्या नरहेको प्रधानमन्त्री ओलीको भनाइ छ।
महाधिवेशनबाट नयाँ नेतृत्व आउने भन्दै सहमतिका आधारमा अगाडि बढ्यो भने कुनै पनि प्रतिस्पर्धी नहुने उनी बताउँछन्।
प्रधानमन्त्री ओलीले नेता माधवकुमार नेपालसँग आफ्नो तर्फबाट कुनै चिसोपन नरहेको समेत स्पष्ट पारे।
नेकपा उपाध्यक्ष वामदेव गौतमको ६ बुँदे सुझावले केही सहज भएको उनको भनाइ छ।
गौतमको सुझाव नेकपा फुट्नबाट जोगाउन सञ्जिवनी बुटी बन्यो है भन्ने प्रस्ताेताकाे प्रश्नमा उनले भने, “उहाँको सुझावले केही हदसम्म सहज भयो होला। पार्टी नै फुट्न लागेको भन्ने कुरा कहाँबाट आयो ?”
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र सरकार सञ्चालनमा कुनै समस्या नरहेको बताएका छन्।एक टेलिभिजनसँगकाे अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको गतिविधि सञ्चालन गर्ने र आफूले सरकार चलाउने बताएका हुन्।

">