होम डेलिभरी व्यवसायमा रोक नलगाउन विवेकशीलको माग
काठमाडौं। विवेकशील नेपाली दलले निषेधाज्ञाको समयमा ‘होम डेलिभरी’ सेवामा अवरोध नगर्न आग्रह गरेको छ।

आज प्रेस विज्ञप्ती जारी गर्दै विवेकशील दलकी उपाध्यक्ष अजिता राईले ‘होम डेलिभरी’ सेवा दिने कम्पनीका सञ्चालक र कर्मचारीलाई धरपकड नगर्न आग्रह गरेकी हुन्।

उनले प्रहरीले निषेधाज्ञा उल्लंघन गरेको भन्दै होम डेलिभरी सेवा दिनेहरुलाई प्रहरीले गरेको भन्दै त्यसो नगर्न आग्रह गरेकी हुन्।

दलले धरपकडको विरोध गर्दै ई-कमर्स तथा अनलाइन डेलिभरी कम्पनीलाई सेवा सञ्चालन गर्न दिनुपर्ने मागसमेत गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “कोभिड १९ बाट जोगिन स्वास्थ मापदण्ड पूरा गर्दै महामारीमा सर्वसाधारणको घरघरमा सामान पुयाईरहेका तथा रोजगारी सृजना गरिरहेका ई-कमर्स कम्पनीलाई निरुत्साहित गर्नु हुँदैन।”

प्रतिक्रिया दिनुहोस्