प्रहरी नियन्त्रणमा भएका मोरङका दुई युवकको मृत्युबारे वास्तविकता बाहिर ल्याउन कांग्रेसको माग
काठमाडौं। नेपाली कांग्रेसले रौतहट र मोरङमा प्रहरी नियन्त्रणमा राखेका दुई युवकको मृत्यु भएको घटनाप्रति गहिरो अनुसन्धान गरेर वास्तविकता बाहिर ल्याउन सरकारसँग माग गरेको छ।
कांग्रेसले प्रहरी नियन्त्रणमा रहेको दुई युककको मृत्यु हुनुलाई शंकास्पद पनि भनेको छ। प्रहरीले नियन्त्रणमा लिनु भन्दा पहिले हट्टाकट्टा रहेका युवकहरूको मृत्युपछि मृतकका परिवार र आफन्त आक्रोशित हुनु स्वाभाविक रहेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए।
“घटनाको सत्यतथ्य अनुसन्धानमार्फत सार्वजनिक गर्न नेपाली कांग्रेस माग गर्दछ,” प्रवक्ता शर्माले भनेका छन्।
गएराति १२ बजेर ३५ मिनेटमा नेसनल मेडिकल कलेज वीरगञ्जमा रौतहटको गरुडा नगरपालिका-८ का विजय रामको मृत्यु भएको थियो। स्थानीय एक युवकको हत्या आरोपमा भदौ १ गते पक्राउ परेका उनलाई प्रहरीले भदौ चार गते मेडिकल कजेल वीरगञ्जमा भर्ना गरेको थियो।
चिकित्सकले दुबै मिर्गौला फेल भएको भनेपछि डायलाइसिस गरेका उनको बुधबार स्वास्थ्य अवस्था बिर्गेको र मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकका आफन्तहरूले भने प्रहरीको चर्को कुटपिट र यातनाले विजयको मिर्गौलाले बिग्रिन पुग्दा मृत्यु भएको भन्दै घटनाबारे छानबिन गर्न माग गरेका छन्।
त्यस्तै, जिल्ला कारागार मोरङमा रहेका वर्ष २६ का युवा निराजन यादवको बिहीबार नै मृत्यु भएको छ।
यसअघि गएको जेठ २७ मा धनुषाको सबैला नगरपालिकाका शम्भु सदाको प्रहरी हिरासतमा जेठ २७ गते मृत्यु भएको घटनाको अढाई महिना पुग्दै गर्दा उस्तै प्रकृतिका घटनाहरू दोहोरिनु अत्यन्तै दु:खद् रहेको शर्माले बताए।
यसैबीच प्रवक्ता शर्माले रौतहटको माधवनारायण नगरपालिकाको हनुमान मन्दिरका पूजारी राम साह तेलीको हत्याको दोषीलाई कानुनको कठघरामा खडा गर्न पनि प्रवक्ता शर्माले माग गरेका छन्।
प्रतिक्रिया दिनुहोस्