विप्लव समूहका केन्द्रीय सदस्य पुन: पक्राउ
काठमाडाैं। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व समूहका केन्द्रीय सदस्य तथा मध्यपश्चिम इन्चार्ज चन्द्रबहादुर चन्द साधारण तारिकमा रिहा भएलगतै पुन: पक्राउ परेका छन्।

हातहतियार तथा साङ्गठानिक अपराधलगायत चार मुद्दामा पक्राउ परेका चन्दलाई जिल्ला अदालत भोजपुरले ६० हजार धरौटीमा रिहा गर्ने फैसला गरेको भएपनि चन्दले धरौटी तिर्न नसकेपछि कारगार चलान गरिएको थियो।

सर्वोच्च अदातलमा गैर कानुनी रुपमा कारगार चलान भएको भनि बन्दिप्रत्यक्षीकरणको रिट परेपछि न्यायाधीशहरु दीपक कार्की र प्रकाशमान सिं राउतको आदेशमा बिना धरौती आज रिहा गरिएको जिल्ला अदालत भोजपुरले जनाएको छ।

भोजपुरबाट रिहा हुने बितिकै चन्दविरुद्ध संखुवासभा जिल्लामा पनि हातहतियार तथा साङ्गठानिक अपराधसम्बन्धि नै मुद्दा रहेकोले पुनः पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। चन्दलाई साउन १५ गते काभ्रेपलाञ्चोकबाट नियन्त्रण लिएर भोजपुर ल्याइएको थियो।

रासस

प्रतिक्रिया दिनुहोस्