काठमाडौं। “परिवारका सबै सदस्य एक ठाउँमा जम्मा भएका बेला रविन्द्र जीलाई धेरै मिस गर्छु। उहाँको सम्झनाले एकदमै सताउँछ। मैलेभन्दा बढी छोराहरूले बुवाको अभाव महसुस गर्छन्। सानो छोराले एक दिन दुई जना अंकललाई भन्यो ‘मेरो बाबा हुनु हुन्न। अब हजुरहरूलाई म बाबा भन्छु नि।’ पत्नी मनले पीडा भोगिरहेकै थियो। छोराले यसो भनिरहँदा मेरो आमा मन झनै भक्कानियो। मानिसहरूले भन्ने जस्तो ‘एक वर्ष दुई वर्ष हुँदै समय बित्दै जाँदा सब बिर्सिन्छ’ भनेको मलाई सत्य लागेन। मलाई त जति समय बित्दै गयो उहाँको अभाव झन बढी महसुस हुन थालेको छ। हाम्रो समाजमा एउटा साधारण एकल महिलाले भोग्ने समस्या र मेरा भोगाईमा कुनै फरक छैन।”
विद्या भट्टराई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ हुन्। देखापढीसँग उनले आफ्ना भावनाहरू यसरी पाेखिन्। कास्कीको क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद पनि हुन उनी। योसँगै अल्पायुमा श्रीमान गुमाएकी महिला पनि। त्यसैले त देशकै नीति निर्माण गर्ने उपल्लो स्थानमा रहे पनि विद्याको महिला मन समय समयमा भक्कानिइरहन्छ। श्रीमानको सम्झनाले सताइरहन्छ।
नेकपाका आशालाग्दा युवा नेता एवं तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्वर्गीय रविन्द्र अधिकारी विद्याका पति हुन्। २०७५ फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सात जनाको मृत्यु भएको थियो। कुनै दिन पार्टी र सरकारको समेत नेतृत्व गर्न सक्षम युवाका रूपमा छवि बनाएका एकजना होनहार राजनीतिकर्मीलाई त्यो दुर्घटनाले खोस्यो।
.jpg)
अधिकारीको मृत्युलाई धेरैले त्यसरी लिएका हुन सक्छन्। तर, विद्याका लागि भने रविन्द्रको अनुपस्थिति त्योभन्दा धेरै बढी थियो। उनले लामो समयदेखि सँगै राजनीति गरेका एकजना सहयात्री गुमाएकी थिइन्। कैयौं जुनिसम्म साथ नछोड्ने बाचा गरेर सम्बन्ध गाँसेका प्रेमी गुमाएकी थिइन्। आफैंले जन्माएका दुई सन्तानका पीता गुमाएकी थिइन्। त्यसैले त विद्याको मनले अहिलेसम्म पनि अधिकारी इहलोकबाट विदा भइसकेको सत्य स्वीकार गर्न सकिरहेको छैन।
एक–अर्कालाई आफैंले मन पराएर खुशी–खुशी रविन्द्र र विद्या वैवाहिक जीवनमा बाँधिएका थिए। आफैंले माया गरेको प्रेमीलाई जीवन साथीका रूपमा पाउँदा दिनहरू एक–अर्काप्रतिको माया र समर्पणमा खुसीसाथ बित्दैथिए। कैयौं जुनिका लागि गरेको बाचा यति चाँडै नियतिले चुड्ला भन्ने कल्पनासम्म पनि गरेकी थिइनन्। तर, सोचे जस्तो कहाँ हुँदो रहेछ र जीवन।
उनको दल नेकपाका सबै नेता कार्यकर्ताले अधिकारीलाई भविष्यको लागि ठूलो सम्भावना बोकेको युवाका रूपमा स्वीकारेका थिए। नेता अधिकारीको सक्रियताले पनि त्यही बताउँथ्यो। पार्टीपंक्तिमामात्र नभई आम जनताले पनि अधिकारीलाई भविष्यकाे शीर्ष नेताका रूपमा हेर्न थालेका थिए। त्यसैले लामो समय सँगै काँधमा काँध मिलाएर राजनीतिमा होमिएकी विद्याले पतिका लागि आफ्नो राजनीति करिअर ‘सेक्रिफाइज’ गरिसकेकी थिइन्।
दुई छोरा र परिवारको हेरचाह गर्ने जिम्मेवारी आफैंले लिएर विद्याले अधिकारीलाई राजनीतिमा एकोहोरिन मौका दिएकी थिइन्। राजनीतिमै उज्जवल भविष्य बोकेकी विद्याले रविन्द्रको बाटो सहज बनाउन आफू सक्रिय राजनीति छोडेर शिक्षण पेशा अंगालिसकेकी थिइन्। त्रिभुवन विश्वविद्यालयमा सहप्राध्यापक भइसकेकी थिइन्। राजनीतिमा प्रचूर सम्भावना हुनाका बावजुद विद्याले आफ्ना लागि गरेको त्यागप्रति अधिकारीको ठूलो सम्मान थियो। त्यसैले उने आफैं विद्यालाई शैक्षिक क्षेत्रमार्फत व्यक्तित्व विकासका लागि प्रेरित गरेका थिए।
.jpg)
तर, एमफिल गरेर पिएचडीको तयारी गरिरहँदा विद्याको जीवनमा एउटा अकल्पनीय घटना भयो। आकाश खसेजस्तो, धर्ती फाटेजस्तो भयो। विद्यामात्र होइन, लाखौं समर्थकलाई आँसुमा डुबाउँदै मन्त्री अधिकारीले भौतिक शरीर त्यागे। विद्यासामु यथार्थ स्वीकार्नुको विकल्प थिएन। त्यसैले उनले आफूलाई कमजोर बन्न दिइनन्। बरु राजनीतिज्ञका रूपमा देशको मुहार परिवर्तन गर्न अधिकारीले देखेका सपना पूरा गर्ने अठोट लिइन्।
अधिकारीको सपना पूरा गर्न राजनीतिमा फर्किनुपर्ने थियो। शुभचिन्तकहरूले पनि उनलाई त्यस्तै सल्लाह दिइरहेका थिए। पतिका लागि त्यागिसकेको राजनीतिमा फेरि फर्किनु भावनात्मक रूपमा सहज थिएन। अझ भर्खर उनै पतिलाई गुमाएको पीडा भोगिरहँदा निर्णय गर्न झनै कठिन भयो। त्यसैले धेरै सोचेपछि उनले मुलुकको विकास र राजनीति सम्बन्धमा अधिकारीले लेखेको पुस्तक फेरि पल्टाएर हेरिन्। अधिकारी जीवित हुँदा पनि उनले आफ्नो करिअर सेक्रिफाइज गर्दै बाटो शिक्षणतर्फ मोडेकी थिइन। पतिको अन्त्येष्टिपछि पनि त्यसैगरी आफ्नो करिअर सेक्रिफाइज गरिन्। प्राज्ञिक क्षेत्रबाट बाटो मोडिन्। त्रिविको उपप्राध्यापक पदबाट राजीनामा दिएर राजनीतिमा होमिइन्।
अधिकारीको मृत्युपछि कास्की क्षेत्र नम्बर २ मा सांसद पद रिक्त भएको थियो। उपनिर्वाचनमा पार्टीले अधिकारीको उक्त क्षेत्रबाट विद्यालाई उठाउने निर्णय गर्यो। राजनीतिमा होमिइसकेकी विद्याले आठ हजार भन्दा बढी मतान्तरले प्रतिनिधिसभा सदस्यको चुनाव जितिन्।
नेपाल वायुसेवा निगमले एअरबसको वाइडबडी विमान किन्दा भएको भनिएको भ्रष्ट्राचारमा अधिकारीबारे विभिन्न टिकाटिप्पणी भइरहेका थिए। छानविन चलिरहेकै बेला हेलिकोप्टर दुर्घटनामा परेर अधिकारीको निधन भएको थियो। पतिमाथि भ्रष्टाचारको अभियोग लाग्नाका बाबजुद विद्यालाई पोखरेली जनताले मत दिएर माननीय बनाए। अधिकारीको इमान्दारीमाथि विद्यालाई कुनै शंका छैन। त्यसैले उनलाई ‘चाँडाे भन्दा चाँडाे दिवंगत पतिमाथि लागेको भ्रष्टाचारको आरोपमा निष्पक्ष छानविन होस र सत्य सार्वजनिक होस’ भन्ने लाग्छ।
.jpg)
“सञ्चार माध्यममा जताततै रविन्द्र अधिकारीमाथि भ्रष्टाचारको आरोप लागेको थियो। मैले ‘के हो भएको किन यस्तो भन्छन’ भनेर सोधेँ। तर उहाँ कति पनि विचलित हुनु हुन्नथ्यो। मलाई भनेर केही हुनेवाला त थिएन। तर, उहाँले ‘मैले अन्तिम किस्ता दिएँ। मैले अन्तिम किस्ता रोकेको भए जहाज किन्न त्यसअघि दिएको सबै पैसा कोल्याप्स हुन्थ्यो’ भन्नुभयो,” विद्या भावुक भइन, “उहाँको राजनीतिक करिअरले एउटा उचाई लिँदै थियो। त्यसले धेरैलाई गाह्रो भएको थियो। ‘जे होला फेस गर्दे जाउँला’ भन्ने उहाँको भनाइ हुन्थ्यो। आफूले गल्ती नगरेकाले होला, उहाँ कहिल्यै पनि आत्तिनुभएन।”
अधिकारीमाथि आलोचकहरूले लगाउने आरोप अझै कायम छ। जसले विद्यालाई सधैँ घोचिरहन्छ। “वाइडबडी खरिदको विषयमा निष्पक्ष छानविन होस। दोषी देखिए कारवाही भोग्न तयार हुनु पर्छ। तर, निर्दोष मानिसमाथि मृत्यु भइसक्दासमेत छानविन ढिलाई गरेर दाग लगाइराख्न त भएन नि,” उनले भनिन्।
" /> काठमाडौं। “परिवारका सबै सदस्य एक ठाउँमा जम्मा भएका बेला रविन्द्र जीलाई धेरै मिस गर्छु। उहाँको सम्झनाले एकदमै सताउँछ। मैलेभन्दा बढी छोराहरूले बुवाको अभाव महसुस गर्छन्। सानो छोराले एक दिन दुई जना अंकललाई भन्यो ‘मेरो बाबा हुनु हुन्न। अब हजुरहरूलाई म बाबा भन्छु नि।’ पत्नी मनले पीडा भोगिरहेकै थियो। छोराले यसो भनिरहँदा मेरो आमा मन झनै भक्कानियो। मानिसहरूले भन्ने जस्तो ‘एक वर्ष दुई वर्ष हुँदै समय बित्दै जाँदा सब बिर्सिन्छ’ भनेको मलाई सत्य लागेन। मलाई त जति समय बित्दै गयो उहाँको अभाव झन बढी महसुस हुन थालेको छ। हाम्रो समाजमा एउटा साधारण एकल महिलाले भोग्ने समस्या र मेरा भोगाईमा कुनै फरक छैन।”विद्या भट्टराई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ हुन्। देखापढीसँग उनले आफ्ना भावनाहरू यसरी पाेखिन्। कास्कीको क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद पनि हुन उनी। योसँगै अल्पायुमा श्रीमान गुमाएकी महिला पनि। त्यसैले त देशकै नीति निर्माण गर्ने उपल्लो स्थानमा रहे पनि विद्याको महिला मन समय समयमा भक्कानिइरहन्छ। श्रीमानको सम्झनाले सताइरहन्छ।

">