काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बठैकमा पार्टीको वैचारिक र आगामी कार्यभार सम्बन्धी प्रस्तावमाथि नेताहरूले धारणा राख्ने क्रम जारी छ। हिजोदेखि नेताहरूले दुवै प्रस्तावमाथि धारणा राखिरहेका छन्। नेता राजकिशोर यादवले आज पनि नेताहरूले आ–आफ्ना धारणा राख्ने देखापढीलाई बताए।

पार्टीका एकजना अध्यक्ष उपेन्द्र यादवले पार्टीको आगामी कार्यभार र वरिष्ठ नेता डा. बाबुराम भट्टराईले पार्टीको वैचारिक पक्षसम्बन्धी प्रतिवेदनसहितको प्रस्ताव बिहीबार बैठकमा प्रस्तुत गरेका थिए। छलफलको क्रममा नेताहरूको व्यक्त धारणाको आधारमा प्रतिवेदन संशोधन गरेर पारित गरिनेछ। त्यसपछि पार्टी समायोजन, आचारसंहिता, नेताहरूको कार्य विभाजन, पदाधिकारी चयन लगायत विषयमा पनि बैठकमा छलफल हुने कार्यसूची छ।

जसपाको गत मङ्गलबारदेखि ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बैठक जारी छ। तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपालबीच एकता भएर बनेको जसपाको यो पहिलो बैठक हो। जसपामा हाल पदाधिकारी छनौटलाई लिएर आन्तरिक विवाद छ। 

जसले गर्दा पार्टी एकता भएको साढे तीन महीना हुँदा पनि पदाधिकारीले पूर्णता पाएको छैन। हाल दुई अध्यक्ष र तीन वरिष्ठ नेता मात्रै छनौट भएका छन्। वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सहमहासचिव, सचिव, प्रवक्ता लगायत पदहरू रिक्त छन। आफू पक्षीय नेतालाई छनौट गर्ने स्वार्थले गर्दा विवाद निम्तिएको हो।

" /> काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बठैकमा पार्टीको वैचारिक र आगामी कार्यभार सम्बन्धी प्रस्तावमाथि नेताहरूले धारणा राख्ने क्रम जारी छ। हिजोदेखि नेताहरूले दुवै प्रस्तावमाथि धारणा राखिरहेका छन्। नेता राजकिशोर यादवले आज पनि नेताहरूले आ–आफ्ना धारणा राख्ने देखापढीलाई बताए।

पार्टीका एकजना अध्यक्ष उपेन्द्र यादवले पार्टीको आगामी कार्यभार र वरिष्ठ नेता डा. बाबुराम भट्टराईले पार्टीको वैचारिक पक्षसम्बन्धी प्रतिवेदनसहितको प्रस्ताव बिहीबार बैठकमा प्रस्तुत गरेका थिए। छलफलको क्रममा नेताहरूको व्यक्त धारणाको आधारमा प्रतिवेदन संशोधन गरेर पारित गरिनेछ। त्यसपछि पार्टी समायोजन, आचारसंहिता, नेताहरूको कार्य विभाजन, पदाधिकारी चयन लगायत विषयमा पनि बैठकमा छलफल हुने कार्यसूची छ।

जसपाको गत मङ्गलबारदेखि ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बैठक जारी छ। तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपालबीच एकता भएर बनेको जसपाको यो पहिलो बैठक हो। जसपामा हाल पदाधिकारी छनौटलाई लिएर आन्तरिक विवाद छ। 

जसले गर्दा पार्टी एकता भएको साढे तीन महीना हुँदा पनि पदाधिकारीले पूर्णता पाएको छैन। हाल दुई अध्यक्ष र तीन वरिष्ठ नेता मात्रै छनौट भएका छन्। वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सहमहासचिव, सचिव, प्रवक्ता लगायत पदहरू रिक्त छन। आफू पक्षीय नेतालाई छनौट गर्ने स्वार्थले गर्दा विवाद निम्तिएको हो।

"> जसपा बैठक : पार्टीको वैचारिक र कार्यभार सम्बन्धी प्रस्तावमा नेताहरू धारणा राख्दै: Dekhapadhi अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको पार्टीको आगामी कार्यभार र वरिष्ठ नेता डा. बाबुराम भट्टराईले प्रस्तुत गरेको पार्टीको वैचारिक पक्षमाथि नेताहरूले हिजोदेखि धारणा राखिरहेका छन्।
  • पार्टी समायोजन, आचारसंहिता, नेताहरूको कार्य विभाजन, पदाधिकारी चयन लगायत विषयमा छलफल हुन बाँकी छ। 
  • ">
    जसपा बैठक : पार्टीको वैचारिक र कार्यभार सम्बन्धी प्रस्तावमा नेताहरू धारणा राख्दै <p style="text-align: justify;">काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बठैकमा पार्टीको वैचारिक र आगामी कार्यभार सम्बन्धी प्रस्तावमाथि नेताहरूले धारणा राख्ने क्रम जारी छ।&nbsp;हिजोदेखि नेताहरूले दुवै प्रस्तावमाथि धारणा राखिरहेका छन्। नेता राजकिशोर यादवले आज पनि नेताहरूले आ&ndash;आफ्ना धारणा राख्ने <em>देखापढीलाई</em>&nbsp;बताए।</p> <p style="text-align: justify;">पार्टीका एकजना अध्यक्ष उपेन्द्र यादवले पार्टीको आगामी कार्यभार र वरिष्ठ नेता डा. बाबुराम भट्टराईले पार्टीको वैचारिक पक्षसम्बन्धी प्रतिवेदनसहितको प्रस्ताव बिहीबार बैठकमा प्रस्तुत गरेका थिए।&nbsp;छलफलको क्रममा नेताहरूको व्यक्त धारणाको आधारमा प्रतिवेदन संशोधन गरेर पारित गरिनेछ। त्यसपछि पार्टी समायोजन, आचारसंहिता, नेताहरूको कार्य विभाजन, पदाधिकारी चयन लगायत विषयमा पनि बैठकमा छलफल हुने कार्यसूची छ।</p> <p style="text-align: justify;">जसपाको गत मङ्गलबारदेखि ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बैठक जारी छ। तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपालबीच एकता भएर बनेको जसपाको यो पहिलो बैठक हो। जसपामा हाल पदाधिकारी छनौटलाई लिएर आन्तरिक विवाद छ।&nbsp;</p> <p style="text-align: justify;">जसले गर्दा पार्टी एकता भएको साढे तीन महीना हुँदा पनि पदाधिकारीले पूर्णता पाएको छैन। हाल दुई अध्यक्ष र तीन वरिष्ठ नेता मात्रै छनौट भएका छन्। वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सहमहासचिव, सचिव, प्रवक्ता लगायत पदहरू रिक्त छन। आफू पक्षीय नेतालाई छनौट गर्ने स्वार्थले गर्दा विवाद निम्तिएको हो।</p>
    प्रतिक्रिया दिनुहोस्