काठमाडौं। नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले १४औं महाधिवेशनमा शेरबहादुर देउवाले सभापतिमा उम्मेदवारी दिएमा आफू उनलाई हराउन लाग्ने घोषणा गरेकी छन्।

कोइरालाले भनिन्, ‘‘नजिकिँदै गएको १४औं महाधिवेशनबाट देउवा पुनः पार्टी सभापति बने भने कांग्रेस पार्टी नै समाप्त हुनेछ।’’

आज देखापढीसँग कुरा गर्दै उनले देउवाले नेपाली कांग्रेसलाई इतिहासमै कमजोर पार्टी बनाएको आरोपसमेत लगाइन्।

कोइरालाले भनिन्, “मैले देउवाजीसँग धेरै अपेक्षा गरेको थिएँ, तर उनले पार्टीको अस्तित्व नै समाप्त पार्ने गतिविधि गरे। त्यसकारण आज यो उद्घोष गर्न चाहन्छु, देउवा अब पार्टी सभापति बन्नु हुन्न भनेर म अभियान चलाउने छु। किनकि मलाई कांग्रेस बचाउनु छ।”

रामचन्द्र पौडेलले पनि कांग्रेसलाई डोर्‍याउन नसक्ने उनको मूल्याङ्कन छ। अबको कांग्रेस नयाँ पुस्ताले नेतृत्व गर्नुपर्ने उनको धारणा छ।

कोइराला भन्छिन्, ‘‘अब पनि मै पदमा बस्छु, मैले नै पद पाउनु पर्छ भनेर हुन्न। त्यसकारण नयाँ अनुहार आउनु पर्छ पार्टी नेतृत्वकामा।’’

फरक प्रसंगमा नेतृ कोइरालाले गिरिजाप्रसाद कोइराला र शेरबहादुरको तुलना गर्नै नमिल्ने जिकिर गरिन्। ‘‘गिरिजा राजनेता हुन् भने देउवा गुटको नेता हुन्,’’ उनले भनिन्।

देउवाले पार्टीमा अभिभावकको भूमिका खेल्न नसकेकोमा उनको गुनासो छ। पार्टीभित्र चरम निराशा भएको उनको बुझाइ छ। ‘‘पार्टीभित्र अब उत्साह मरिसक्यो,’’ उनले भनिन्।

एउटा जिम्मेवार पार्टीको सभापति भएर पनि मुलुकले विषम् परिस्थिति भोगिरहेको बेला ढाडस दिन नसक्नु दुर्भाग्यपूर्ण रहेको उनले बताइन्। उनले जनता र पार्टीभित्रै पनि आफ्नो उपस्थिति देखाउन नसकेको उनको आरोप छ। ‘‘पार्टीको गतिविधिले मलाई भित्रभित्रै औडाहा हुने गरेको छ,’’ उनी भन्छिन्।

नेपाली कांग्रेसले बीपीको सिद्धान्त छोडिसकेको उनको ठहर छ। देउवाले यसै गरी पार्टी सञ्चालन गरिरहने हो भने नेपाली कांग्रेसले आगामी निर्वाचनमा लज्जाजनक नतिजा भोग्नुपर्ने उनले चेतावनी दिइन्। पार्टीभित्र कारबाहीको नाममा आतंक मच्चाएको पनि कोइरालाको आरोप छ।

कोइरालाले भनिन्, ‘‘एक नेतालाई कारबाही गर्नु भनेको एक लाखलाई कारबाही गर्नुजस्तै हो। तनहुँमा कांग्रेसले आफ्ना मतदाता र शुभेच्छुक गुमाएको छ। यो समय कसैलाई पार्टीबाट लखेट्ने कामभन्दा कार्यकर्तामा उत्साह जगाउनुतिर लाग्नुपर्छ।’’

सत्तारुढ पार्टीभित्रको विवादबारे भने आफूलाई खासै चासो नभएको उनको भनाइ छ। बाहिर आएजस्तो पदको झगडा हो भने  उचित मान्न नसकिने उनको प्रतिक्रिया छ।

‘दुई तिहाइको सरकार पनि परिवर्तन भए त प्रजातन्त्र कमजोर हुन्छ,’’ उनले चिन्ता व्यक्त गरिन्।

" /> काठमाडौं। नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले १४औं महाधिवेशनमा शेरबहादुर देउवाले सभापतिमा उम्मेदवारी दिएमा आफू उनलाई हराउन लाग्ने घोषणा गरेकी छन्।

"> देउवा पुनः पार्टी सभापति बने कांग्रेस समाप्त हुनेछ : सुजाता काेइराला: Dekhapadhi
देउवा पुनः पार्टी सभापति बने कांग्रेस समाप्त हुनेछ : सुजाता काेइराला

प्रतिक्रिया दिनुहोस्