भारतसँग अविलम्ब वार्ता गर्न झलनाथको आग्रह

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले सीमा विवादको विषयमा अलिवम्ब भारतसँग वार्ता गर्न सरकारलाई आग्रह गरेका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका खनालले आज एक प्रेस नोट जारी गर्दै भारतसँग वार्ता गरेर कुटनीतिक हिसाबले समस्याको समाधान गर्न आग्रह गरेका हुन्।

“महाकाली नदी भनेको लिम्पियाधुराबाट निस्केको काली नदी (कुटी याङदी) हो। त्यसपूर्वका नापी, गुन्जी र लिपुलेक लगायतका भू–भाग नेपाली हुन्”, खनालले भनेका छन्। नेपालको पश्चिोमत्तर सिमाना सुगौली सन्धीले नै स्पष्ट निर्धारण गरिसकेको उल्लेख गर्दै खनालले भारतसँग ऐतिहासिक कालदेखिका तथ्यांकहरू प्रस्तुत गर्न सरकारलाई आग्रह गरेका छन्।

“भारतद्वारा हालै प्रकाशित नक्शामा नेपालको भू–भाग अतिक्रमित भएको स्पष्ट छ” खनालले भनेका छन्।

पछिल्लोपटक भारतले निकालेको राजनीतिक नक्शामा नेपाली भू–भाग समेत परेपछि नेपालमा त्यसको चर्को विरोध भइरहेको छ।

पढ्नुहाेस्

देउवाले भारतीय राजदूतलाई भने– 'कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि हाे'

सरकारका प्रवक्ता भन्छन्- 'भारतकाे नक्शा अस्वीकार्य'

परराष्ट्रको विज्ञप्तिले उब्जाएको प्रश्न- लिपुलेक र लिम्पियाधुरा छाडेको हो ?

सरकारले भन्यो- कालापानी नेपालको हो

यसकारण नेपालकाे हो लिम्पियाधुरा, यसरी भएको छ सीमा अतिक्रमण

प्रतिक्रिया दिनुहोस्