काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भेटवार्ता भएको छ। आज साँझ पार्टीको सचिवालय बैठक सकिएलगत्तै अध्यक्षद्वयले राष्ट्रपति भवन शीतलनिवास पुगेर भेटघाट गरेका हुन्।
भेटवार्ताका क्रममा मुलुकको समसामयिक विषयमा छलफल भएको जनाइएको छ । नेकपाको शीर्ष तहमा देखिएको विवाद समाधानका लागि छलफल जारी रहेका बेला आज सचिवालय बैठकसमेत बसेको थियो । आजको सचिवालय बैठक सङ्कट समाधानका लागि सकारात्मक दिशातर्फ अघि बढेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।
प्रवक्ता श्रेष्ठले आजको सचिवालय बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पार्टीमा देखिएको सङ्कट समाधान गर्न छलफल जारी राख्ने निष्कर्ष निकालेको बताएका थिए।
" /> काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भेटवार्ता भएको छ। आज साँझ पार्टीको सचिवालय बैठक सकिएलगत्तै अध्यक्षद्वयले राष्ट्रपति भवन शीतलनिवास पुगेर भेटघाट गरेका हुन्।भेटवार्ताका क्रममा मुलुकको समसामयिक विषयमा छलफल भएको जनाइएको छ । नेकपाको शीर्ष तहमा देखिएको विवाद समाधानका लागि छलफल जारी रहेका बेला आज सचिवालय बैठकसमेत बसेको थियो । आजको सचिवालय बैठक सङ्कट समाधानका लागि सकारात्मक दिशातर्फ अघि बढेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।
प्रवक्ता श्रेष्ठले आजको सचिवालय बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पार्टीमा देखिएको सङ्कट समाधान गर्न छलफल जारी राख्ने निष्कर्ष निकालेको बताएका थिए।
">