कांग्रेसका सबै संयन्त्र निष्क्रिय
काठमाडौं। नेपाली कांग्रेसका शीर्ष नेताहरुको ध्यान १४ औं महाधिवेशनमा केन्द्रित हुँदा पार्टीका सबै अंग निष्क्रिय बन्न पुगेका छन्।

फागुनमा कांग्रेसको महाधिवेशन भएको चार वर्ष पूरा हुँदैछ।

तर, थप एक वर्ष समय लिने नेताहरुबीच समझदारी बने पनि एकले अर्कोलाई कमजोर साबित गर्न सक्रिय हुँदा पार्टी संरचनाहरु कमजोर बनेका छन्।

प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा पराजयपछि कांग्रेसले सांगठनिक र वैचारिक रूपमा आफूलाई प्रस्ट्याउँदै संगठन निर्माणमा जुट्नुपर्ने कार्यकर्ताहरुको आकांक्षा भए पनि नेताहरुको ध्यान भने महाधिवेशमा मात्र केन्द्रित भएको आजको नागरिक दैनिकमा समाचार छ।

यो सँगै पार्टीका निकायहरु मात्र होइन, भ्रातृ तथा शुभेच्छुक संगठनहरु पनि लथालिंग बनेका छन्।

पार्टीको आगामी महाधिवेशनबाट पार्टी नेतृत्व लिन दर्जन नेताहरु आ–आफ्नो लबिङमा जुटे पनि संगठन निर्माणमा भने उनीहरु कसैको ध्यान छैन।

धादिङ कांग्रेसका नेता नारायणकुमार श्रेष्ठले पार्टीमा कुनै गतिविधि नभएको बेला जागरण अभियानले केही हलचल ल्याए पनि सदरमुकाममा भाषण गरेर मात्र संगठन सुदृढ नभएको बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्