प्रधानमन्त्री ओलीको समर्थनमा सुर्खेतमा सडक प्रदर्शन
<p>सुर्खेत। सुर्खेतमा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रर्दशन भएको छ । सत्तारुढ दल नेकपाभित्रको अन्तरद्वन्द्वका बीच प्रधानमन्त्री ओलीको समर्थनमा युवाहरुले सुर्खेतको वीरेन्द्रनगरमा प्रदर्शन गरेका हुन् । </p>
<p>पार्टीभित्र ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग स्थायी समितिमा उठिरहेका बेला उनको समर्थनमा युवा तथा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन्। उनीहरुले दुवै पदबाट ओलीलाई हटाउन नहुने भन्दै प्रदर्शन गरेका थिए ।</p>
<p>प्रदर्शनमा सहभागीले सरकार ढाल्न पाइँदैन, आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई भन्दै नाराबाजी गरेका थिए ।</p>
<p><em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्
