सार्वजनिक जग्गा फिर्ता ल्याउँछाैंः उपप्रधानमन्त्री पोखरेल
काठमाडाैं। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अतिक्रमण गरिएका सार्वजनिक जग्गा सरकारले फिर्ता ल्याउने बताएका छन्।

धुम्बाराहीमा धन्वन्तरी पार्कको आज उद्घाटन गर्दै उनले अहिले अतिक्रमण गरिएका सार्वजनिक जग्गामा बगैँचा, खुला ठाउँ र मनोरञ्जन स्थल बनाइने बताए।

उनले सार्वजनिक सम्पत्ति जनताको भएकाले संरक्षणमा जनता जुट्नुपर्ने समेत बताए।

“स्थानीय तह र जनता मिलेर अतिक्रमण गरिएका जग्गा खोज्नुपर्दछ”, उनले भने, “जनता सक्रिय भएमात्र सम्पत्तिको संरक्षण हुन्छ।”

यसैगरी प्रदेश ३ का प्रदेशसभा सदस्य नारायण सिलवालले सार्वजनिक जग्गामा पार्क निर्माण गरेर संरक्षण गर्ने भन्दै धन्वन्तरी पार्क यसैको शुरुआत भएको बताए। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्