नेकपा सचिवालय बैठक जारी
काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ।

आउँदो १४ मंसीरको उपनिर्वाचनका लागि प्रतिनिधि सभा, प्रदेशसभा र उपमहानगरपालिकाका पार्टीतर्फका उम्मेदवार छनोट बैठकको अजेण्डामा छ।

यसअघि २९ असोजमा बसेको सचिवालय बैठकले उपनिर्वाचनको लागि उम्मेदवार हुने व्यक्तिहरुको नाम १० कात्तिकभित्र सिफारिश गर्न सम्बन्धित प्रदेश तथा जिल्ला कमिटीहरुलाई निर्देशन दिने निर्णय गरेको थियो।

आजको सचिवालय बैठकमा पार्टी एकताको बाँकी काम लगायतका विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्