काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कर्मचारी कार्यालयमा नियमित आउने व्यवस्था मिलाउन निर्देशन दिएका छन्। आज मन्त्रालयको विभिन्न शाखामा छड्के निरीक्षण गर्दै मन्त्री भट्टराईले कर्मचारीहरू के कारणले उपस्थित हुन नसकेका हुन्, त्यसबारे जानकारी लिइ नियमित आउने व्यवस्था मिलाउन कर्मचारी महाशाखाका प्रमुख रुद्रसिंह तामाङलाई निर्देशन दिए।
मन्त्री भट्टराईले कार्यालयको सरसफाइ र लेआउटमा ध्यान दिन समेत कर्मचारीहरूलाई आग्रह गरे। मन्त्रिपरिषद्को निर्णय बमोजिम कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न आवश्यक तयारी गर्नका लागि पनि मन्त्री भट्टराईले विभिन्न शाखाका प्रमुखलाई निर्देशन दिएका छन्।
निरीक्षणपछि मन्त्री भट्टराईले पर्यटन मन्त्रालय मातहतमा रहेका सबै कार्यालयको क्रमैसँग निरीक्षण गर्ने बताए।
" /> काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कर्मचारी कार्यालयमा नियमित आउने व्यवस्था मिलाउन निर्देशन दिएका छन्। आज मन्त्रालयको विभिन्न शाखामा छड्के निरीक्षण गर्दै मन्त्री भट्टराईले कर्मचारीहरू के कारणले उपस्थित हुन नसकेका हुन्, त्यसबारे जानकारी लिइ नियमित आउने व्यवस्था मिलाउन कर्मचारी महाशाखाका प्रमुख रुद्रसिंह तामाङलाई निर्देशन दिए।मन्त्री भट्टराईले कार्यालयको सरसफाइ र लेआउटमा ध्यान दिन समेत कर्मचारीहरूलाई आग्रह गरे। मन्त्रिपरिषद्को निर्णय बमोजिम कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न आवश्यक तयारी गर्नका लागि पनि मन्त्री भट्टराईले विभिन्न शाखाका प्रमुखलाई निर्देशन दिएका छन्।
निरीक्षणपछि मन्त्री भट्टराईले पर्यटन मन्त्रालय मातहतमा रहेका सबै कार्यालयको क्रमैसँग निरीक्षण गर्ने बताए।
">