गुल्मी रुरुक्षेत्र गाउँपालिका-६ को अध्यक्षमा नेकपाको उम्मेदवार तय
गुल्मी। आउँदो १४ मंसीरमा हुने उपनिर्वाचनमा रुरुक्षेत्र गाउँपालिका–६ रिमुवामा अध्यक्ष पदका लागि नेकपाले गिरीप्रसाद सिंजालीको नाम सर्वसम्मत चयन गरेको छ।

सिंजाली सोही वडाका वडा सदस्य छन्। उनलाई वडा सदस्य पदबाट राजीनामा गराई वडाध्यक्ष पदमा उम्मेदवार बनाइने नेकपा गुल्मीका सचिव वीरबहादुर कार्कीले जानकारी दिए।

पूर्व एमालेबाट निर्वाचित अध्यक्ष पूर्णबहादुर रेग्मीको १३ साउन २०७५ मा  निधन भएकाले यस वडामा उपनिर्वाचन गर्न लागिएको हो।

नेपाली कांग्रेसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले सो वडामा अध्यक्षको उम्मेदवारको नाम केही दिनमा चयन गरिने बताएका छन्। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्