साझा पार्टीले भक्तपुर १ (क)मा सुरज प्रधानलाई उम्मेदवार बनाउने <p>काठमाडाैं। साझा पार्टीले सुरज प्रधानलाई भक्तपुर क्षेत्र १ (क) बाट प्रदेशसभा उम्मेदवार बनाउने निर्णय गरेको छ।</p> <p>प्रधान भक्तपुर जिल्ला संयोजकसमेत हुन्।</p> <p>प्रधान लामो समयदेखि समाजसेवा र वातावरण अभियानकर्ताको रूपमा क्रियाशील रहेकाे र उनले वातावरणमैत्री इँटा उत्पादनको व्यवसाय गर्ने साझा पार्टीले जनाएकाे छ।</p> <p>साथै उनले आफू निर्वाचित भएकाे खण्डमा पूरै तलब आफ्नो निर्वाचन क्षेत्रभित्र कल्याणकारी गतिविधिमा खर्च गर्ने बताएका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्