कास्की-२ मा विद्या भट्टराईलाई उम्मेदवार बनाउने नेकपाको निर्णय

" /> कास्की-२ मा विद्या भट्टराईलाई उम्मेदवार बनाउने नेकपाको निर्णय

"> नेकपा गण्डकीद्वारा कास्की-२ मा ३ जनाको नाम सिफारिश: Dekhapadhi
नेकपा गण्डकीद्वारा कास्की-२ मा ३ जनाको नाम सिफारिश
कास्की। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटीले आउँदो १४ मंसीरको उपनिर्वाचनका लागि  कास्की क्षेत्र नम्बर २ को लागि तीन जनाको नाम केन्द्रमा सिफारिश गर्ने निर्णय गरेको छ।

सिफारिश हुनेमा दिवंगत रबीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईसहित सोमनाथ अधिकारी (प्यासी) र राजकाजी गुरुङ (करण) रहेका छन्।

रबीन्द्र अधिकारी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कास्की–२ बाट निर्वाचित भएका थिए।

अधिकारी पर्यटनमन्त्री रहेकै बेला गत फागुनमा पाथीभरामा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका थिए।

प्यासी पुराना वामपन्थी नेता हुन्। करण २०७४ को निर्वाचनमा कास्की २ (ख) प्रदेशसभामा पराजित भएका थिए।

यसअघि नेकपा जिल्ला कमिटीको ८ कात्तिकको बैठकले सर्वसम्मत रुपमा भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।

विद्या भट्टराईको एकल नाम सिफारिश गरे पनि केन्द्रले तीन जनाको नाम सिफारिश गर्न भनेकाले दुई जनाको नाम थपिएको नेकपा गण्डकी इन्चार्ज एवं मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए।

वरिष्ठताको आधारमा अधिकारी र जनजातिको कोटाबाट कास्की इन्चार्जसमेत रहेका करणलाई सिफारिश गरिएको नेकपा गण्डकी संयोजक हितराज पाण्डेले जानकारी दिए।

राससको सहयोगमा

पढ्नुहोस्:

कास्की-२ मा विद्या भट्टराईलाई उम्मेदवार बनाउने नेकपाको निर्णय

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्