प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष दाहालबीच भेटवार्ता
काठमाडौँ।  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ।

आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा करीब एक घण्टा ओली र दाहालबीच भेटवार्ता भएको प्रधानमन्त्री निकट स्रोतले  देखापढीलाई जानकारी दिएका छन्।

१४ मंसिरको उपनिवार्चनलाई केन्द्रमा राखेर दुई अध्यक्षबीच भेटवार्ता भएको स्रोतको दाबी रहेको छ। पछिल्लो केही समययता दुई अध्यक्षको सम्बन्धमा खटपट भएको चर्चाबीच  उनीहरूको एक्लाएक्लै भेटवार्ता भएको हो।

भेटमा अध्यक्षद्वयले अब छिट्टै सचिवालय बैठक डाक्ने विषयमा पनि छलफल गरेका छन् । स्रोतका अनुसार दुई अध्यक्षबीच फाटो ल्याउने हिसाबले सञ्चारमाध्यममा अनावश्यक सूचना दिन नहुने, उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाउने र सरकारका काम कारबाहीका बारेमा पार्टीमा छलफल गर्ने विषयमा पनि उनीबीच छलफल भएको छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्