सरकारले लोकतान्त्रिक हक संकुचित बनाउन खोज्दैछः देउवा
काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले लोकतान्त्रिक हक अधिकारलाई संकुचित बनाउन खोजिरहेको आरोप लगाएका छन्।

नेपाल तरुण दलले आज पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजना गरेको कार्यक्रममा देउवाले अभिव्यक्ति स्वतन्त्रतालाई समेत सरकारले संकुचित गर्ने प्रयास गरिरहेको आरोप लगाएका हुन्।

त्यस्ता षड्यन्त्रलाई निष्तेज पार्ने गरी तयारी अवस्थामा रहन पनि पार्टीका तरुण तथा विद्यार्थीहरूलाई निर्देशन दिए।

तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले मुलुकका सबै ठूला आन्दोलन कांग्रेसकै नेतृत्वमा सफल भएको र नेपालको संविधान पनि कांग्रेसकै नेतृत्वमा जारी भएको उल्लेख गर्दै कहीँ कतैबाट पनि संविधान मिच्ने काम भयो भने त्यसविरुद्ध तरुण दल सडक आन्दोलनमा उत्रिने चेतावनी दिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्