अध्यक्ष नहुँदा सत्यनिरुपण र वेपत्ता छानबिन आयोग अलपत्र <p>काठमाडौं । मुलुकमा सशस्त्र द्वन्द्वका बेला भएका गम्भीर मानवअधिकार उल्लंघनका घटनाको सत्यतथ्य पत्ता लगाउन बनाइएका दुई आयोग सात महिनादेखि अलपत्र छन् । सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न बनेको समितिले अध्यक्षका उम्मेदवार नभेट्दा आयोगहरु अलपत्र परेका हुन् ।&nbsp;</p> <p>पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा आठ महिनाअघि गठित सिफारिस समितिले अध्यक्षका लागि उपयुक्त उम्मेदवार नभेटेको जनाएको छ । तर, गाँठी कुरा ठूला पार्टीबीच सहमति हुन नसक्दा समितिले अध्यक्षलगायत पदाधिकारी सिफारिस गर्न नसकेको स्रोतको दाबी छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।&nbsp;<br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्