काठमाडौं। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदेशीको दबावमा परेर नेपालले कुनै निर्णय नगर्ने बताएका छन् ।

म्यानमार भ्रमणबाट फर्किने क्रममा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञवालीले विदेशीको दबावमा पर्ने युग समाप्त भइसकेको बताएका हुन्।

नेपाल–चीनबीच हुने भनिएको सुपुर्दगी सन्धि अमेरिकी दबावका कारण रोकिएको हो ? भन्ने प्रश्नमा ज्ञवालीले पारस्परिक कानूनी सहायता, सुपुर्दगी सन्धि लगायतका विषयमा नेपालले आवश्यक समयमा चीन, भारत लगायतका देशसँग सन्धि गर्ने बताए ।

उनले भने,“हाम्रा आफ्नै प्राथमिकताका क्षेत्र छन्, सोही अनुरुप मित्र राष्ट्रसँग सहकार्य हुन्छ।”

चिनियाँ राष्ट्रपति सी चिनफिङको २५–२६ असोजमा भएको नेपाल भ्रमणको क्रममा पहिलोपटक नेपाल–चीनबीच पारस्परिक कानूनी सहायता सम्बन्धी सन्धिमा भने हस्ताक्षर भएको छ।

त्यस्तै, मन्त्री ज्ञवालीले संयुक्त राष्ट्रसंघपछिको ठूलो संगठन भएकाले असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) नेपालका लागि महत्वपूर्ण फोरम भएको बताए।

सन् १९६१ मा स्थापना भएको नाममा हाल १२० सदस्य राष्ट्र छन्।

नामको १८औँ सम्मेलनलाई सम्बोधन गर्न प्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री ज्ञवाली ७ कात्तिकमा अजरबैजान जाने कार्यक्रम छ।

“वर्तमान समयमा नामको सान्दर्भिकता फेरिएको छ”, मन्त्री ज्ञवालीले भने, विकसित देशलाई दबाव दिन विकासशील देश एक हुन पनि यस्तो सम्मेलन महत्वपूर्ण हुन्छ।”

राष्ट्रपति विद्यादेवी भण्डारीसँग मन्त्री ज्ञवाली २९ असोजमा म्यानमार गएका थिए।

राष्ट्रपति भण्डारी भने म्यानमारबाट जापान पुगेकी छन् । भण्डारीको ६ कात्तिकमा जापानबाट स्वदेश फर्किने कार्यक्रम छ।

" /> काठमाडौं। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदेशीको दबावमा परेर नेपालले कुनै निर्णय नगर्ने बताएका छन् ।

"> विदेशीको दबावमा परेर कुनै निर्णय गर्दैनौंः परराष्ट्रमन्त्री ज्ञवाली: Dekhapadhi
विदेशीको दबावमा परेर कुनै निर्णय गर्दैनौंः परराष्ट्रमन्त्री ज्ञवाली
काठमाडौं। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदेशीको दबावमा परेर नेपालले कुनै निर्णय नगर्ने बताएका छन् ।

म्यानमार भ्रमणबाट फर्किने क्रममा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञवालीले विदेशीको दबावमा पर्ने युग समाप्त भइसकेको बताएका हुन्।

नेपाल–चीनबीच हुने भनिएको सुपुर्दगी सन्धि अमेरिकी दबावका कारण रोकिएको हो ? भन्ने प्रश्नमा ज्ञवालीले पारस्परिक कानूनी सहायता, सुपुर्दगी सन्धि लगायतका विषयमा नेपालले आवश्यक समयमा चीन, भारत लगायतका देशसँग सन्धि गर्ने बताए ।

उनले भने,“हाम्रा आफ्नै प्राथमिकताका क्षेत्र छन्, सोही अनुरुप मित्र राष्ट्रसँग सहकार्य हुन्छ।”

चिनियाँ राष्ट्रपति सी चिनफिङको २५–२६ असोजमा भएको नेपाल भ्रमणको क्रममा पहिलोपटक नेपाल–चीनबीच पारस्परिक कानूनी सहायता सम्बन्धी सन्धिमा भने हस्ताक्षर भएको छ।

त्यस्तै, मन्त्री ज्ञवालीले संयुक्त राष्ट्रसंघपछिको ठूलो संगठन भएकाले असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) नेपालका लागि महत्वपूर्ण फोरम भएको बताए।

सन् १९६१ मा स्थापना भएको नाममा हाल १२० सदस्य राष्ट्र छन्।

नामको १८औँ सम्मेलनलाई सम्बोधन गर्न प्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री ज्ञवाली ७ कात्तिकमा अजरबैजान जाने कार्यक्रम छ।

“वर्तमान समयमा नामको सान्दर्भिकता फेरिएको छ”, मन्त्री ज्ञवालीले भने, विकसित देशलाई दबाव दिन विकासशील देश एक हुन पनि यस्तो सम्मेलन महत्वपूर्ण हुन्छ।”

राष्ट्रपति विद्यादेवी भण्डारीसँग मन्त्री ज्ञवाली २९ असोजमा म्यानमार गएका थिए।

राष्ट्रपति भण्डारी भने म्यानमारबाट जापान पुगेकी छन् । भण्डारीको ६ कात्तिकमा जापानबाट स्वदेश फर्किने कार्यक्रम छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्