संघीय सरकारको केन्द्रीकृत सोचले संघीयता कार्यान्वयनमा कठिनाइः मुख्यमन्त्री गुरूङ
पाेखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समृद्ध नेपाल निर्माणका लागि सबैको एकताबद्ध प्रयास आवश्यक रहेको बताएका छन्।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले बडादशैँ, तिहारलगायतका चाडपर्वका अवसरमा आज पाेखरामा आयोजित कार्यक्रममा उनले सरकारका नकारात्मक कामको प्रचार बढी र सकारात्मक कामको प्रचार कम भइरहेको बताए।

संघीयता कार्यान्वयनका क्रममा रहेको उल्लेख गर्दै उनले संघीयताको मर्मलाई बल पुग्ने किसिमबाट सकारात्मक तबरले सञ्चारकर्मीले सहयोग गर्नुपर्ने धारणा राखे।

उनले संघीय सरकारको केन्द्रीकृत सोचका कारण अझै पनि संघीयता कार्यान्वयन गर्न कठिनाइ भएकोे गुनासो गरे।

संघीयताको कार्यान्वयनका लागि उच्चस्तरीय राजनीतिक कार्यदल बन्नुपर्ने उनको जोड थियो।

मुख्यमन्त्री गुरुङले जग्गा प्राप्तको अधिकार प्रदेश सरकारमा नहुँदा विकास निर्माणमा कठिनाइ भएको बताए। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्