देव गुरुङले भने– तत्काल सभामुखको निर्वाचन सम्भव छैन
काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङले तत्काल सभामुखको निर्वाचन सम्भव नभएको बताएका छन्।

काठमाडौंमा भएको एक कार्यक्रममा गुरुङले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले तत्काल सभामुखको निर्वाचन हुने अवस्था नरहेको बताएका हुन्।

“एउटै दलको सभामुख र उपसभामुख हुन नपाउने भन्दै सर्वाेच्च अदालतमा दायर गरिएको मुद्दा विचाराधीन रहेकाले सभामुखको निर्वाचनबारे टिकाटिप्पणी गर्न मिल्दैन,” गुरुङले भने।

सभामुख र उपसभामुख दुवै पद खाली भए दलहरूबीच सहमतिको आधारमा उम्मेदवार तय गरेर निर्वाचन गर्न सकिने प्रमुख सचेतक गुरुङको भनाइ छ।

“संविधानले सभामुख र उपसभामुख दुई पद फरक–फरक दलको हुनुपर्ने व्यवस्था गरेको छ,” गुरुङले भने, “यस्तो अवस्थामा दुवै पद खाली नभई सभामुखको निर्वाचन गर्न मिल्दैन।”

यौन दूराचारको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएका छन्।

सोही पदका लागि निर्वाचन गर्न सर्वोच्च अदालतमा विचाराधीन मुद्दाले असहज बनाएको प्रमुख सचेतक गुरुङको भनाइ छ।

प्रमुख सचेतक गुरुङले सभामुखको निर्वाचन गर्ने अवस्थानै नभएका बेला त्यसमा व्यक्तिले दाबी गर्नुको कुनै औचित्य नरहेको पनि बताएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्