सीको भ्रमणपछि खतरा पनि बढेको छः नेता नेपाल
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले ठूला राष्ट्रको स्वार्थबाट मुलुकलाई जोगाउनुपर्ने बताएका छन्।

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको सफलतासँगै खतरा पनि बढेको नेता नेपाल बताउँछन्।

सञ्चार केन्द्र नेपालले आज काठमाडौंमा गरेको अन्तरक्रिया कार्यक्रममा उनले सीको भ्रमणपछि विश्वको ध्यान नेपालतर्फ तानिएको बताए।

“सबका आफ्ना–आफ्ना हितहरू हुन्छन्, हरेक ठूला राष्ट्रहरूका आफ्ना स्वार्थ हुन सक्दछन्,” नेता नेपालले भने, “नेपालको स्वतन्त्रता, स्वाभिमान, आन्तरिक मामिलामा अहस्तक्षेप, पारस्परिक लाभको सिद्धान्तको आधारमा सम्बन्ध कायम हुनुपर्छ।”

उनले गैर आवासीय नेपाली संघको नयाँ नेतृत्वका लागि निर्वाचित पदाधिकारीलाई नेपालप्रतिको उद्देश्यमा स्पष्ट हुन आग्रह गरेका छन्। दोहोरो नागरिकता र राजनीतिक अधिकारको खोजीलाई उनले ‘चिचि पनि पापा पनि’ को संज्ञा दिँदै त्यस्तो सुविधा असम्भव रहेको पनि बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्