खानेपानी मन्त्रीले भनिन्–‘वागमतीलाई कञ्‍चन बनाइनेछ’
काठमाडौं। खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले गुहेश्वरीस्थित फोहोर पानी प्रशोधन केन्द्र आयोजनाको निरीक्षण गरेकी छन्।

केन्द्रको निर्माण अन्तिम चरणमा रहेका बेला मन्त्री मगरले आज बिहान स्थलगत निरीक्षण गरेकी हुन्।

खानेपानी मन्त्रालयअन्र्तगतको आयोजना कार्यान्वयन निर्देशनालयले सो केन्द्र गुहेश्वरीमा बनाइरहेको छ।

निरीक्षणपछि मन्त्री मगरले पशुपति क्षेत्रस्थित वागमती नदीमा बग्ने पानीलाई सफा बनाउने लक्ष्य अन्तिम चरणमा पुगेको बताइन्।

आयोजनाको ९५ प्रतिशत काम सम्पन्न भएको उल्लेख गर्दै खानेपानी मन्त्री मगरले भनिन्, “सबैको चाहानाअनुसार वागमतीलाई प्राण भरेर कञ्चन पानी बग्ने व्यवस्था मिलाइनेछ।”

बढ्दो शहरीकरणले ढल व्यवस्थापनको समस्या बढ्दै गएको भन्दै उनले काठमाडौं यो निकै चुनौतीपूर्ण बनेको बताइन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्