उपनिर्वाचनका लागि तयारी तीव्र
काठमाडाैं। निर्वाचन आयोगले आगामी १४ मंसीरमा प्रतिनिधिसभा सदस्यसहित कूल ५२ पदमा निर्वाचन गर्ने गरी आवश्यक तयारी गरेको छ।

आयोगले आज एक प्रेस विज्ञप्तिमार्फत् मतदानको आवश्यक तयारी भइरहेको र व्यवस्थापनको काम भइरहेको जनाएको छ।

आयोगका अनुसार प्रतिनिधिसभा सदस्यतर्फ एक, प्रदेशसभातर्फ तीन, स्थानीय तहका प्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष गरी कूल ४८ गरी ५२ रिक्त पदमा उपनिर्वाचन हुने जनाएको छ।

प्रतिनिधिसभा सदस्यतर्फ कास्की क्षेत्र २ र प्रदेशसभातर्फ भक्तपुर जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ को प्रदेशसभा क्षेत्र १, बाग्लुङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ को प्रदेशसभा निर्वाचन क्षेत्र २ र दाङ जिल्लाको प्रतिनिधिसभा क्षेत्र ३ को प्रदेशसभा निर्वाचन क्षेत्र २ मा आगामी १४ मंसीरमा हुने निर्वाचनका लागि २१ कात्तिकमा उम्मेदवारको मनोनयन दर्ता हुने जनाएको छ।

आयोगले आज प्रकाशित गरेको तालिकाअनुसार २२ कात्तिकमा उम्मेदवारको विरोधमा उजुरी दिने, २३ मा मनोनयन र उजुरीमाथि जाँचबुझ गर्ने, २४ मा उम्मेदवारको नाम फिर्ता लिने र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, २५ मा निर्वाचन चिह्न प्रदान गर्ने र १४ मंसीरमा मतदान हुनेछ।

यस्तै स्थानीय तहतर्फ निर्वाचन हुने कूल ४८ पदका लागि यही २७ कात्तिकमा मनोनयनपत्र दर्ता गराउने र सोही दिन उम्मेदवारको नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ।

यस्तै, २८ मा उम्मेदवारको विरोधमा उजुरी दिने, २९ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र आगामी १ मंसीरमा निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम तय गरेको छ।

स्वीकृत भएको निर्वाचन कार्यक्रम नेपाल राजपत्रमा प्रकाशनका लागि पठाइसकिएको आयोगले जनाएको छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्