कांग्रेस बैठक ७ कात्तिकमा <p>काठमाडाैं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक ७ कात्तिकमा बस्ने भएको छ।</p> <p>मुलुकको पछिल्लो राजनीति घटनाक्रम र मंसीर १४ गते हुन लागेको उपनिर्वाचनको विषयमा छलफल गर्न बैठक आह्वान गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।</p> <p>बैठक दिउँसो २ बजे वीपि स्मृति भवन ललितपुरमा बस्नेछ।</p> <p>बैठकमा उपस्थित हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यलाई अनुरोधसमेत गरिएको छ। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्