मन्त्रिमण्डल तत्काल फेरबदल हुँदैनः दाहाल <p>कैलाली। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले तत्काल मन्त्रिमण्डल फेरबदल नहुने बताएका छन्।</p> <p>धनगढी विमानस्थलमा सञ्चारकर्मीहरूसँंग कुरा गर्दै अध्यक्ष दाहालले मिडियामा चर्चा भएअनुसार मन्त्रिमण्डल पुनर्गठनको सम्भावना तत्कालका लागि नरहेको बताएका हुन्।</p> <p>&ldquo;मिडियामा यतिजना मन्त्री फेरिने भए रे, यी यी आउन थाले रे भनेर व्यापक हल्ला फैलिएको छ, त्यस्तो होइन,&rdquo; दाहालले भने, &ldquo;अहिलेसम्म प्रधानमन्त्री र म बीच कुनै त्यस्तो विषयमा छलफल र चर्चा भएको छैन।&rdquo;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्