लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न मिल्ने वा नमिल्ने निर्णय गर्न सर्वोच्चकाे आदेश
प्रधानन्यायाधीश चोलेन्द्र राणा र न्यायाधीश सपना मल्लको इजलासले यस विषयमा तीन महिनाभित्र निर्णय गर्न सरकारलाई आदेश गरेको सर्वाेच्च अदालतका सञ्चारविज्ञ किशाेर पाैडेलले देखापढीलाई बताए।
मधेश आन्दोलनका विषयमा छानबिन गरेर पूर्वन्यायाधीश गिरिशचन्द्र लालले २०७४ मंसिरमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई सो प्रतिवेदन बुझाएका थिए।
अधिवक्ता शशिधर पाण्डेले लाल आयोगको प्रतिवेदन सूचनाकाे हक प्रयाेग गरी माग गरेका थिए । तर सूचनाकाे हक अन्तरगत निवेदन दिएर पनि प्रतिवेदन पाउन नसकेपछि उनले गृह मन्त्रालय र सूचना आयाेगलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रीट दर्ता गराएका थिए।
त्यही रीटमाथि सुनुवाइका क्रममा सरकारी वकीलहरुले प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने प्रकृतिको भएको जिकिर गरेका थिए । त्यसपछि सर्वोच्च अदालतले उक्त प्रतिवेदन सार्वजनिक गर्न मिल्ने हाे वा हाेइन भन्ने विषयमा तीन महीनाभित्र निर्णय गर्न सरकारलाई आदेश दिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्