"> राष्ट्रपति म्यानमार प्रस्थान, शीतल निवासदेखि विमानस्थलसम्म हेलिकप्टरमा: Dekhapadhi
राष्ट्रपति म्यानमार प्रस्थान, शीतल निवासदेखि विमानस्थलसम्म हेलिकप्टरमा
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी राजकीय भ्रमणका लागि म्यानमार प्रस्थान गरेकी छन् ।

राष्ट्रपति ऊ विन मिन्टको निमन्त्रणामा राष्ट्रपति भण्डारी पाँच दिने राजकीय भ्रमणका लागि म्यानमार प्रस्थान गरेकी हुन् ।

राष्ट्रपति भण्डारीको साथमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शंकरदाश वैरागी लगायत पनि छन् ।

भण्डारी ३ कात्तिकमा स्वदेश फर्कने कार्यक्रम तय भएको छ ।

म्यानमार जाँदा राष्ट्रपतिले शीतल निवासदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म हेलिकप्टर प्रयोग गरेकी छन् ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार सर्वसाधारणलाई ट्राफिक समस्याबाट मुक्त राख्न हेलिकप्टरको प्रयोग गरिएको हो ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्