"> राष्ट्रपति भण्डारी २९ असोजमा म्यानमार जाँदै: Dekhapadhi
राष्ट्रपति भण्डारी २९ असोजमा म्यानमार जाँदै
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी २९ असोजमा म्यानमार जाने भएकी छन्।

परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारी पाँच दिने राजकीय भ्रमणका लागि म्यानमार जान लागेको जानकारी गराएको हो ।

परराष्ट्र मन्त्रालयले म्यानमारका राष्ट्रपति यू विन मिन्टको निमन्त्रणामा भण्डारी म्यानमार जान लागेको जनाएको छ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले समकक्षी मिन्टका साथै स्टेट काउन्सिलर आङ साङ सुकीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

भण्डारीसँग परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव  शंकरदास बैरागी पनि सहभागी हुनेछन्।

राष्ट्रपति भण्डारी ३ कात्तिकमा स्वदेश फर्किनेछन् ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्