चितवनमा उपनिर्वाचन: कांग्रेसले तय गर्‍याे उम्मेदवार
वडा समितिले सर्वसम्मतरूपमा उम्मेदवार तय गरेपछि जिल्ला समितिले सोही निर्णयलाई अनुमोदन गर्ने तयारी गरेको छ।

कांग्रेसका तर्फबाट उपनिर्वाचनमा खैरहनी नगरपालिका–४ को अध्यक्षमा देवबहादुर बस्नेत उम्मेदवार बन्ने पक्का भएको छ। उनी सो वडाका कार्यवाहक अध्यक्षसमेत हुन्।

यस्तै सोही नगरपालिका–५ को अध्यक्षमा प्रतिमा बस्नेत उम्मेदवार बन्ने पक्का भएको छ।

उम्मेदवारका लागि सिफारिस भएकी बस्नेत यसअघिका वडाध्यक्ष स्व. विश्वविजय बस्नेतकी श्रीमती हुन्।

यी दुवै वडामा कांग्रेसले विजयी हासिल गरेको थियो।

केही वर्षअघि रत्ननगरबाट खैरहनीतर्फ फर्किने क्रममा रत्ननगरको शान्तिचोकमा भएको दुर्घटनामा परी वडा नं ४ का तत्कालीन अध्यक्ष नरेन्द्र अधिकारी र ५ का अध्यक्ष विश्वविजय बस्नेतको निधन भएको थियो।

यस्तै कांग्रेसले भरतपुर महानगरपालिका–१६ को वडाध्यक्षका लागि पनि उम्मेदवार तय गरेको छ। कांग्रेस वडा समितिले वडाध्यक्षका लागि अमृत हमाललाई सर्वसम्मत सिफारिस गरेको छ।

केही महीनाअघि सो वडाका अध्यक्ष चतुरमान गुरुङको क्यान्सर रोगले निधन भएपछि उपनिर्वाचन हुन लागेको हो। स्व. गुरुङ तत्कालीन नेकपा (एमाले)बाट वडाध्यक्षमा निर्वाचित भएका थिए । उनले कांग्रेसका उम्मेदवार अमृत हमाललाई पराजित गरेका थिए। अहिले कांग्रेसले पुनः हमाललाई नै उम्मेदवारका लागि सिफारिस गरेको हो। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्