बेलायती अभिनेत्रीको निधन
<p>लन्डन। बेलायतकी प्रख्यात अभिनेत्री अनर ब्ल्याकम्यानको ९४ वर्षको उमेरमा निधन भएको छ।</p>
<p>जेम्स बन्डको फिल्म ‘गोल्डफिंगर’मा वहन गरेको पसी ग्यालोरको भूमिकाका कारण उनी चर्चित बनेको थिइन्।</p>
<p>‘उनले प्राकृतिक रूपमा शान्त मृत्युवरण गरिन्,’ परिवारले निकालेको विज्ञप्तिमा उल्लेख छ। बीबीसीका अनुसार उनी बेलायतको इस्ट ससेक्सस्थित लेविसमा बस्दै आएकी थिइन्।</p>
<p>सन् १९६० को दशकमा टेलिभिजन शृंखलाहरू र फिल्ममा उनले गरेको अभिनय अंग्रेजी फिल्मी क्षेत्रमा सम्झना गर्ने गरिन्छ।</p>
प्रतिक्रिया दिनुहोस्
