"> लकडाउनमा फर्क्यो विनोद चौधरीको गायक अवतार: Dekhapadhi
लकडाउनमा फर्क्यो विनोद चौधरीको गायक अवतार
काठमाडौं। नेपाली अर्बपति व्यवसायी विनोद चौधरीले लकडाउनमा रहेकै बेला असारे महीनामा बोलको गीत सार्वजनिक गरेका छन्। आज दिउँसो लकडाउनमा रहँदाको अनुभूतिलाई समेटेर भावुक सन्देशसहित उनले यो गीत रिलिज गरेका हुन्।

असारे महीनामा बोलको गीतमा चौधरीसँगै पाउल ड्वायरले पनि टर्किस भाषामा सघाएका छन्। म्युजिक भिडिओमा भने छोरा निर्वाण चौधरी पनि देखिन्छन्। गीतको भिडिओसँगै चौधरीले अहिले सबैजना कठिन समयबाट गुज्रिरहेको र कोरोना भाइरसले सबैका लागि निकै गम्भीर जोखिम सिर्जना गरेको उल्लेख गरेका छन्।

"अहिले हामी सबै पूर्णतः दबाब र अनिश्चिततामा बाँचिरहेका छौं। यो त्यस्तो बेला हो, जहाँबाट हामी जीवनलाई फर्केर हेर्न, सोच्न र फरक अवधारणामा लैजान सक्छौं", उनले भनेका छन्, "तपाईंलाई कति थाहा छ म जान्दिन, तर करिब ४० बर्षअघि म पनि गायक थिएँ। मेरा केही रेकर्डेड गीतहरु पनि छन्, केही गीत त ब्लकबस्टर नै भएका थिए।"

केही समयअघि टर्की जाँदा त्यहाँ आफ्ना मित्रमार्फत् लोकप्रिय संगीतकार पाउललाई भेटेको र उनकै आइडियामा केही गीत रेकर्ड गरेको उल्लेख गर्दै उनले भनेका छन्, "आज बिहान बसिरहँदा मैले सोचें, सबै सिद्धिएको छैन, हामीसँग जीवनमा केही सुन्दर कुरा पनि छन्, हामीले जीवनलाई आशावादिताका हिसाबले पनि हेर्नुपर्छ भन्ने लाग्यो। इस्तानबुलमा हुँदा मैले यो गीत रिलिज गर्न पाएको थिइन। अहिले त्यसका लागि उपयुक्त समय हो भन्ने लागेर आजै रिलिज गर्ने निधो गरें।"

प्रतिक्रिया दिनुहोस्