भेडेटारको जंगलमा डढेलो, १८ घण्टा बित्दासम्म नियन्त्रणमा आएन

धरान। धरान उपमहानगरपालिकाको साँगुरीगढी गाउँपालिका-६, भेडेटारको जंगलमा अहिले डढेलो लागिरहेको छ।

गयरातिदेखि कोल्बोटे क्षेत्रबाट पाथिभरा सामुदायिक जंगलमा लागेको आगोले वस्तीमा जोखिम बढेपछि स्थानीय त्रसित बनेका छन्।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी दिनभर आगो निभाउन लागे पनि नियन्त्रणमा नआएको भेडेटार प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक यदुकुमार खड्काले देखापढीलाई बताए।

“हामीले घरहरू र होटलहरूमा आउन सक्ने सम्भावनालाई ध्यानमा राखेर अग्निरेखा त कोर्‍यौँ। अहिले रात पर्‍यो आगो निभ्ने छाँट छैन, अब भोलि बिहानदेखि फेरि शुरू गर्छौं”, खड्काले भने।

कार्की छापमुनि कोल्बोटे क्षेत्रबाट शुरू भएको डढेलो भेडेटारमा रहेको पाथीभरा मन्दिरनजिक आइपुगेको छ।

जंगलमा खरबारी भएको र चैतको सुख्खा मौसम भएकाले ठूलो क्षेत्रमा आगो छिटो फैलिएको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्