पहिरोले स्काभेटर पुर्दा ताप्लेजुङमा चालकको मृत्यु
<p>इटहरी। ताप्लेजुङको फक्तालुङ गाँउपालिका-६ खेतिखोलामा स्काभेटर सुख्खा पहिरोले पुर्दा चालकको घटनास्थलमै मृत्यु भएको छ।</p>
<p>ओलाङचुङगोला सडकखण्डको क्रमा भएको सो दुर्घटनामा चालक चितवन ईच्छामनकामना गाउँपालिका-३ का २७ वर्षीय चित्रकुमार गुरुङको मृत्यु भएको प्रदेश १ ट्राफिक कार्यालयले जनाएको छ।</p>
<p>सुख्खा पहिरोले सो स्काभेटर सडकसँगै १०० मिटर तल खसेको छ।</p>
<p>ताप्लेजुङ सदरमुकामबाट ८५ किलोमिटर उत्तरमा पर्ने दुर्घटनास्थलमा प्रहरी चौकी लेलेङबाट टोली खटाइएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
