डोटीमा गोली हानेर महिलाको हत्या
कैलाली। डोटीको जोरायल गाउँपालिका- ४ देउथलामा गोली हानेर एक महिलाको हत्या गरिएको छ।

स्थानीय २० वर्षीया अनिता वनको हिजो, २३ चैत साँझ ५ बजेतिर गोली प्रहारबाट हत्या गरिएको अवस्थामा घरमै शव फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक दिलिपसिं देउवाले बताए।

घटना भएको समय घरमा मृतक महिला र उनका पति खडक वन मात्र रहेको बताउँदै देउवाले हत्यामा संलग्नको आशंकामा पतिलाई पक्राउ गरिएको जानकारी दिएका छन्।

एक महीनाअघि फेसबुकको माध्यमबाट उनीहरूले प्रेम गरेर विवाह बताईएको छ।

प्रहरीले घटनास्थलबाट भरुवा बन्दुक समेत बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस्