काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्यकर्मी र चिकित्सकलाई कोभिड-१९ रोकथाम र नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री अभाव हुन नदिने बताएका छन्।
आज मन्त्रालयमा एनएमबी ग्रुप र नेपाल-भारत मानव विकासमैत्री संघको तर्फबाट प्राप्त एक हजार थान व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) बुझ्दै मन्त्री ढकालले सबै क्षेत्रको सहयोगले पनि उपचारमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल उच्च हुने बताए।
सरकारले पनि चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल बढाउनका लागि भत्ता, बीमा र सुरक्षाको प्रबन्ध मिलाएको मन्त्री ढकालले बताए।
“कोरोनाको लडाइँमा फ्रन्टलाइनमा बसेर काम गर्ने स्वास्थ्कर्मी र चिकित्सकको मनोबल बढाउन सबैको साथ जरुरी छ”, उनले भने।
उनले लामो समयदेखि सत्तामा विभिन्न दल हुँदा पनि नभएको काम आफूले विषम परिस्थितिकै बीचमा पनि गरेको दाबी गरे।
उनले दीर्घकालीन रूपमा काम गर्न मिल्ने गरी प्रयोगशालाहरूको स्थापना गरिएको र सञ्चालनमा ल्याइएको बताए।
मन्त्री ढकालले स्वास्थ्य सामग्री थोरै मात्रामा उपलब्ध भए पनि अझै पूर्ण रूपमा सम्बन्धित ठाउँमा पुर्‍याउन मन्त्रालय लागि रहेको बताए।
“कोरोनाको विरूद्ध सरकारले उच्च सतर्कता र सावधानीका साथ काम गर्दा अहिलेको परिस्थितिमा आइपुगेको छ”, उनले भने, “यो समय सबैले मिलेर हातेमालो गर्नुपर्ने बेला हो।”
एनएमबी ग्रुपले चीनबाट ल्याएको ७०० थान पीपीई हस्तान्तरण गरेको छ भने नेपाल-भारत मानव विकासमैत्री संघले नेपालमै उत्पादन गरेको ३०० थान पीपीई हस्तान्तरण गरेको हो।
एनएमबी ग्रुपका तर्फबाट एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र मैत्री संघका तर्फबाट अध्यक्ष सूर्य भुसालले मन्त्रालयलाई सामग्री हस्तान्तरण गरेका हुन्।
" /> काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्यकर्मी र चिकित्सकलाई कोभिड-१९ रोकथाम र नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री अभाव हुन नदिने बताएका छन्।
आज मन्त्रालयमा एनएमबी ग्रुप र नेपाल-भारत मानव विकासमैत्री संघको तर्फबाट प्राप्त एक हजार थान व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) बुझ्दै मन्त्री ढकालले सबै क्षेत्रको सहयोगले पनि उपचारमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल उच्च हुने बताए।
सरकारले पनि चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल बढाउनका लागि भत्ता, बीमा र सुरक्षाको प्रबन्ध मिलाएको मन्त्री ढकालले बताए।
“कोरोनाको लडाइँमा फ्रन्टलाइनमा बसेर काम गर्ने स्वास्थ्कर्मी र चिकित्सकको मनोबल बढाउन सबैको साथ जरुरी छ”, उनले भने।
उनले लामो समयदेखि सत्तामा विभिन्न दल हुँदा पनि नभएको काम आफूले विषम परिस्थितिकै बीचमा पनि गरेको दाबी गरे।
उनले दीर्घकालीन रूपमा काम गर्न मिल्ने गरी प्रयोगशालाहरूको स्थापना गरिएको र सञ्चालनमा ल्याइएको बताए।
मन्त्री ढकालले स्वास्थ्य सामग्री थोरै मात्रामा उपलब्ध भए पनि अझै पूर्ण रूपमा सम्बन्धित ठाउँमा पुर्‍याउन मन्त्रालय लागि रहेको बताए।
“कोरोनाको विरूद्ध सरकारले उच्च सतर्कता र सावधानीका साथ काम गर्दा अहिलेको परिस्थितिमा आइपुगेको छ”, उनले भने, “यो समय सबैले मिलेर हातेमालो गर्नुपर्ने बेला हो।”
एनएमबी ग्रुपले चीनबाट ल्याएको ७०० थान पीपीई हस्तान्तरण गरेको छ भने नेपाल-भारत मानव विकासमैत्री संघले नेपालमै उत्पादन गरेको ३०० थान पीपीई हस्तान्तरण गरेको हो।
एनएमबी ग्रुपका तर्फबाट एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र मैत्री संघका तर्फबाट अध्यक्ष सूर्य भुसालले मन्त्रालयलाई सामग्री हस्तान्तरण गरेका हुन्।
"> स्वास्थ्यकर्मी र चिकित्सकलाई स्वास्थ्य सामग्री अभाव हुन दिन्नँ: मन्त्री ढकाल: Dekhapadhi
स्वास्थ्यकर्मी र चिकित्सकलाई स्वास्थ्य सामग्री अभाव हुन दिन्नँ: मन्त्री ढकाल
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्यकर्मी र चिकित्सकलाई कोभिड-१९ रोकथाम र नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री अभाव हुन नदिने बताएका छन्।
आज मन्त्रालयमा एनएमबी ग्रुप र नेपाल-भारत मानव विकासमैत्री संघको तर्फबाट प्राप्त एक हजार थान व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) बुझ्दै मन्त्री ढकालले सबै क्षेत्रको सहयोगले पनि उपचारमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल उच्च हुने बताए।
सरकारले पनि चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल बढाउनका लागि भत्ता, बीमा र सुरक्षाको प्रबन्ध मिलाएको मन्त्री ढकालले बताए।
“कोरोनाको लडाइँमा फ्रन्टलाइनमा बसेर काम गर्ने स्वास्थ्कर्मी र चिकित्सकको मनोबल बढाउन सबैको साथ जरुरी छ”, उनले भने।
उनले लामो समयदेखि सत्तामा विभिन्न दल हुँदा पनि नभएको काम आफूले विषम परिस्थितिकै बीचमा पनि गरेको दाबी गरे।
उनले दीर्घकालीन रूपमा काम गर्न मिल्ने गरी प्रयोगशालाहरूको स्थापना गरिएको र सञ्चालनमा ल्याइएको बताए।
“कोरोनाको विरूद्ध सरकारले उच्च सतर्कता र सावधानीका साथ काम गर्दा अहिलेको परिस्थितिमा आइपुगेको छ”, उनले भने, “यो समय सबैले मिलेर हातेमालो गर्नुपर्ने बेला हो।”
एनएमबी ग्रुपले चीनबाट ल्याएको ७०० थान पीपीई हस्तान्तरण गरेको छ भने नेपाल-भारत मानव विकासमैत्री संघले नेपालमै उत्पादन गरेको ३०० थान पीपीई हस्तान्तरण गरेको हो।
एनएमबी ग्रुपका तर्फबाट एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र मैत्री संघका तर्फबाट अध्यक्ष सूर्य भुसालले मन्त्रालयलाई सामग्री हस्तान्तरण गरेका हुन्।
प्रतिक्रिया दिनुहोस्