अछाममा चितुवाकाे आक्रमणबाट महिला घाइते <p>कैलाली। चितुवाकाे आक्रमणबाट अछाम कमलबजार नगरपालिका-५, कंकलाकी बेला भण्डारी (६८) घाइते भएकी छन्।</p> <p>आज बिहान साढे ६ बजेतिर गोठमा बाख्रा कराएपछि हेर्न पुगेकी भण्डारीलाई चितुवाले आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक दीपक भारतीले जानकारी दिए।</p> <p>&ldquo;उहाँहरूले बाघले&nbsp;आक्रमण गरेकाे हाे भन्नु भएकाे छ, गाउँमा चितुवालाई पनि बाघ भन्दिन्छन्&rdquo;, उनले भने,&nbsp; &ldquo;हामीले पनि देख्ने कुरा भएन, बाघ सकभर गाउँतिर आउँदैन, त्यसैले चितुवाले आक्रमण गरेकाे अनुमान गरेका छाै&zwnj;ं।&rdquo;</p> <p>उनले घाइते भण्डारीलाई उपचारको लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज लगिएको बताए। टाउको र हातमा चोट लागेको भण्डारीको स्थानीय विनायक स्वास्थ्यचौकीमा सामान्य उपचारपछि नेपालगन्ज पठाइएको प्रहरी नायव उपरीक्षक भारतीले बताए।</p>
प्रतिक्रिया दिनुहोस्