काठमाडौं। गयराति १० बजेको इलाका प्रहरी कार्यालय पोखरिया (पर्सा) अन्तर्गत प्रहरीको एक युनिटमा महिलाको शव जलाइरहेको भन्ने अपुष्ट खबर आयो।
महिलाको घरमा हत्या गरेर राति नै दाहसंस्कार गर्न लगिएको भन्ने खबर आए पनि कहाँ लगिएको छ भन्ने जानकारी प्रष्ट थिएन।
तत्कालै इप्रका पोखरियाले आफ्नो टोली परिचालन गर्यो। घटनाका बारेमा जिल्ला प्रहरी प्रमुखलाई पनि खबर भयो।
इप्रका पोखरियाका प्रहरी निरीक्षक चन्द्रकुमार सिंह आफैं खटिए। मध्यरात १२ बजेको समयमा शव जलिरहेको स्थान प्रहरीले फेला पार्यो। बहुदरमाई नगरपालिका-८ मा एक २५ वर्षीया महिलाको शवको केही भाग जल्न बाँकी रहेको अवस्थामा त्यहाँ प्रहरी टोली पुग्यो।
रातिको समयमा महिलाको शव जलाउन लगिएको भन्ने खबरपछि खटिएको टोलीले घटनास्थल पहिचान गरेर त्यहाँ जलिरहेको शव देखेपछि थप अनुसन्धान अघि बढायो।
“शुरूमा खबर आउने बितिक्कै हामीले घटना हो/होइन यकिन गर्न जलाइरहेको स्थान पत्ता लगाउनु थियो”, इप्रका पोखरियाका प्रहरी निरीक्षक सिंहले भने, “त्यहाँ पुगिसकेपछि हामीले घटनाको गहन अनुसन्धान अगाडि बढायौं।”
प्रहरीले घटनास्थल पुग्नु अघिसम्म २५ वर्षीया महिला उर्मीला देवी पण्डितको ठेगानासमेत पत्ता लगाइसकेको थियो। रातिको समयमा शवको दाहसंस्कार गरिएपछि प्रहरीले महिलाको हत्या भएको हुन सक्ने आकलन गर्यो। त्यसपछि बिहानै महिलाको घरमा पुगेर प्रहरीले उनका सासु, ससुरा र देउरानीलाई नियन्त्रणमा लिएको छ।
बुहारी हत्या गरेर राति नै जलाएको आरोपमा बहुदरमाई नगरपालिका-८, रामनगरी बस्ने ५० वर्षीय सुरेश पण्डित, उनकी ५५ वर्षीया श्रीमती फूलकुमारी देवी र कान्छी बुहारी २३ वर्षीया मालती देवीलाई पक्राउ गरेको प्रहरीले जनाएकाे छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गंगा पन्तले घटनाको गहन अनुसन्धान अघि बढाइएको जानकारी दिइन्। प्रहरीले जल्न बाँकी रहेको शरीरको केही भाग संकलन गरेको छ।
“हामीले घटनास्थलबाट केही भाग संकलन गरेका छौं,” प्रहरी निरीक्षक चन्द्रकुमार सिंहले भने, “त्यो पोष्टमार्टमका लागि पठाउने तयारी गरिरहेका छौं।” उनले थप अनुसन्धान भइरहेको जानकारी दिए।
मृतक महिलाका श्रीमान वैदेशिक रोजगारको सिलसिलामा साउदी अरबमा रहेको खुलेको छ।
" /> काठमाडौं। गयराति १० बजेको इलाका प्रहरी कार्यालय पोखरिया (पर्सा) अन्तर्गत प्रहरीको एक युनिटमा महिलाको शव जलाइरहेको भन्ने अपुष्ट खबर आयो।महिलाको घरमा हत्या गरेर राति नै दाहसंस्कार गर्न लगिएको भन्ने खबर आए पनि कहाँ लगिएको छ भन्ने जानकारी प्रष्ट थिएन।

">